काठमाडौं । माल्दिभ्समा आज (आईतबार) राष्ट्रपतिको निर्वाचन हुने भएको छ ।
माल्दिभ्सको यस निर्वाचनमा चीन र भारतले एकदमै चासो लिइरहेको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएको छ ।
उनीहरुको खास चासोको कारण भने राष्ट्रपति निर्वाचनको प्रतिद्ववन्द्वी वर्तमान राष्ट्रपति अव्दुला यामिन र ईब्राईहिम मोहम्मदविच प्रतिस्पर्धा हुँदैछ ।
यामिनलाई चीनको समर्थन छ भने ईब्राईहिमलाई भारत लगायात पश्चिमा देशहरुको समर्थन रहेको राजनीतिक विश्लेषकहरुको भनाई छ ।
अन्तर्राष्ट्रिय पर्यवेक्षक र विपक्षी दलले भने निर्वाचन निष्पक्ष नहुने आशंका जाहेर गरेको छ ।
मालदिभ्स पर्यटनको लागी महत्वपूर्ण देश मानिन्छ ।
Categorized in अन्तर्राष्ट्रिय