४ जेठ २०८३, सोमबार
Nepal Bank AD 2082 mansir

मालपोत कार्यलयका नासु घुस सहित समातिए


प्रकाशित: आईतबार, २० माघ २०७५, १०ः०० बजे
- महानगरखबर

काठमाडौं । महोत्तरी जिल्लाको मालपोत कार्यलयका नायब सुब्बा ढकबहादुर कार्की रु १०हजार घुस सहित समातिएका छन । 


शनिबार दिउँसो गौशाला नगरपालिका–१ स्थित रामनगरमा सेवाग्राहीसँग रु १० हजार लिइरहेको अवस्थामा उनी पक्राउ परेका हुन । 


अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिवासबाट खटिएको टोलीले अप्ताली जग्गा नामसारीका लागि मुचुल्का तयार गरेवापत एक सेवाग्राहीसँग रु १० हजार लिएको हो । 


आयोगले पूर्वसूचनाका आधारमा उनलाई पक्राउ गरेको हो । उनलाई अख्तियारले आफ्नो नियन्त्रणमा लिई भ्रष्टाचार निवारण ऐनअन्तर्गत कारवाही प्रक्रिया अगाडि बढाउने तयारी भइरहेको अख्तियार दुरुपयोग आयोगको बर्दिवास कार्यालयले जनाएको छ ।
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex