काठमाडौं । मालदिभ्समा गत भाद्र २५ गते मृत्यु भएका झापाको मेची नेगपालिका–१० की २४ बर्षिया संगिताको शव शनिवार विहान ल्याएको छ ।
वैदेशिक रोजगारीका लागि घरेलु कामदारका रुपमा कलिङ भिसाबाट श्रम अनुमति लिएर मालदिभ्स गएकी उनकोगत भदौ २५ गते मृत्यु भएको बुबा नकुल राजवंशीले बताएका छन् ।
सङ्गीताको मृत्यु आत्महत्याका कारण भएको भनी त्यहाँबाट खबर आएको मृतककी मामा राजकुमार राजवंशीले बताउनुभयो ।
अविवाहित सङ्गीता डेढ वर्षअघि वैदेशिक रोजगारीका लागि मालदिभ्स गएकी थिईन । हिजो उनको शव काठमाडौ ल्याएको थियो ।
Categorized in अन्तर्राष्ट्रिय