२६ बैशाख २०८१, बुधबार
Header

मार्चमा एक लाख २८ हजार पर्यटक नेपाल आए, कहाँ बाट कति आए ?


प्रकाशित: सोमवार, १९ चैत्र २०८०, १३ः३० बजे
- महानगरखवर

काठमाडौं । नेपाल भ्रमणमा पछिल्लो समयमा पर्यटकको संख्यामा बृद्धि हुने क्रम जारी छ ।


नेपाल पर्यटन बोर्डका अनुसार मार्च २०२४ मा १ लाख २८ हजार १ सय ६७ पर्यटक नेपाल आएका हुन । एक महिनामामै १ लाख २८ हजार पर्यटकले नेपाल भ्रमण गरेका छन ।


यस अघि सन २०२३ मार्चमा ९९ हजार ४ सय २६ पर्यटक आएका थिए । यस वर्ष गत वर्षको तुलनामा २८.९ प्रतिशतले पर्यटक आगमन बढेको हो ।


बोर्डका अनुसार भारतबाट मार्चमा ३० हजार ६ सय ९८ जना, चिनबाट १२ हजार ९२ जना आइपुगेको हो । 


यस अघिल्लो वर्ष २ हजार ६ सय ३५ चिनियाँ पर्यटक आएका थिए । यो गत वर्ष सोही अवधिको दाँजोमा ३ सय ५८ प्रतिशत धेरै हो ।


अमेरिकाबाट १० हजार ७ सय ६३ जना, बेलायतबाट ७ हजार २ सय ४१,  श्रीलंकाबाट ५ हजार ७ सय ४१, जर्मनी ५ हजार २ सय ५५, थाइल्यान्डबाट ४ हजार ५ सय ६७, अस्ट्रेलिया ३ हजार २ सय ४० र म्यानमारबाट ३ हजार ३१ पर्यटक आएको नेपाल पर्यटन बोर्डले जनाएको छ ।


यस वर्ष फेब्रुअरीमा ९७ हजार ४ सय २६ र जनवरीमा ७९ हजार १ सय पर्यटक आएका छन । 

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD