काठमाडौं । फेसबुकमा चलचित्र कलाकार संघका अध्यक्ष रामकेशर बोगटीलाई गाली चरित्र हत्या गरेको आरोपमा पक्राउ परेका कलाकार देशभक्त खनाल बुधवार छुटेका छन् ।
कलाकार खनालले महानगरिय प्रहरी परिसरमा संघका अध्यक्ष बोगटीसँग माफी मागेपछि उनी छुटेका हुन । उनले फेसबुकमार्फतनै माफी माग्ने कागजी सम्झौता गरेपछि उनलाई रिहा गरिदिएको हो ।
खनालले फेसबुकमा चलचित्र कलाकार संघका अध्यक्ष रामकेशर बोगटीलाई लक्षित गर्दै स्टाटस लेखेपछि उनलाई मंगलबार प्रहरीले बोगटीको उजुरीको आधारमा पक्राउ गरेको थियो ।
कलाकार खनालले रिहा भए लगत्तै फेसबुकमा मैले २०७५ साल भाद्र २२ गते आफ्नो फेसबुक पेजमा नेपाल चलचित्र कलाकार संघका अध्यक्ष श्री रामकेशर बोगटी ज्यूका बारेमा मैले आबेशमा आइ अनाबश्यक शब्द म बाट लेखिन गै गल्ती हुन गएकोले म सार्वजनिक रुपमा सामाजिक संजाल मार्फत क्षमा याचना माग्दछु । लेखेर माफी मागेका छन् ।
Categorized in मनोरन्जन