काठमाडौँ । मादक पदार्थ सेवन (मापसे) गरेर सवारी साधान चलाउने ४ सय २३ जनाको सवारी चालक अुनमति पत्र (लाईसेन्स) खारेज गरिएको छ ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाले पाँच पटकभन्दा मापसे गरेर चलाउनेहरुको लाईसेन्स खारेज गरेको हो ।
महाशाखाले पटक÷पटक मापसे सेवन गरेर सवारीसाधन चलाएपछि लाइसेन्समा प्वाल पार्दै आएको थियो ।
महाशाखाले २०६९ मङ्सिर २२ गतेदेखि मापसे गरी सवारीसाधन चलाउने चालकको लाइसेन्समा प्वाल पार्न थालेको हो ।
हालसम्म विभिन्न चरणमा गरी एक लाख ७८ हजार १९८ चालकको लाइसेन्समा प्वाल पारिएको महाशाखाका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक बसन्तकुमार पन्तले जानकारी दिए ।
पहिलोपटक एक लाख ३७ हजार ९५२, दोस्रो पटक २६ हजार ७२७, तेस्रो पटक आठ हजार ८४०, चौथो पटक तीन हजार १२३ र पाँचौ पटक एक हजार १३३ चालकको लाइसेन्समा प्वाल पारिएको थियो ।
आर्थिक वर्ष २०७०÷७१ मा ५२, आव २०७१÷७२ मा १२२, २०७२÷७३ मा १३३, २०७३÷७४ मा ४१, २०७४÷७५ मा ५८ र चालू आवमा १७ चालकको लाइसेन्स खारेज गरिएको हो ।
Categorized in समाज