काठमाडौं । मादक पदार्थ सेवन (मापसे) गरी स्कुल बस चलाउने ६ जना चालक कारवाहीमा परेका छन ।
आईतवार विहान काठमाडौं उपत्यका ट्राफिकले चेकजाँच गर्ने क्रममा स्कुल बसका चालकले मापसे गरेको अवस्थामा फेला पारेको बताएको छ ।
उपत्यकाका विभिन्न स्थानमा गरेको चेकिङमा १४ वटा स्कुल बसका चालक कारबाहीमा परेका थिए ।
जसमध्ये ६ जनाले भने मापसे गरेको पाएको हो । कार्यालयले साउन ८ गतेदेखि स्कुल बस निर्देशिका २०७४ विपरीत ट्राफिक नियम उल्लंघन गर्ने विभिन्न स्कुलका सवारी साधनहरूलाई कारबाही तथा सचेत गराउने अभियान थालेको थियो ।
यसअघि पनि ट्राफिक प्रहरीले मापसे गरी स्कुल बस चलाउने विभिन्न स्कुल तथा कलेजका चालकलाई कारबाही गरेको थियो ।
Categorized in समाज