काठमाडौं । मादक पदार्थ सेवा (मापसे) गरेर वाईक चलाउने २ जना प्रहरीलाई पक्राउ गरी निलम्बन गरिएको छ ।
निलम्बनमा परेका प्रहरीहरुमा महानगरीय प्रहरी परिसर, काठमाडौंमा कार्यरत जवान मिलन ढुंगाना र महानगरीय प्रहरी वृत्त, सिंहदरबारमा कार्यरत मनोज धमला रहेका छन ।
प्रहरीका अनुसार बिहीबार साँझ अध्याधिक मदिरा सेवन गरी अनियन्त्रित रुपमा मोटरसाइकल चलाइरहेको अवस्थामा उनीहरुलाई
चेकजाँचका क्रममा मनहरा खोलानजिक पक्राउ गरिएको थियो ।
प्रहरीले अनुसन्धानका लागि दुवै जनालाई भक्तपुर प्रहरी परिसरमा राखिएको छ ।
Categorized in समाज