काठमाडौं । दाङको तुलसीपुरमा मादक पदार्थ सेवन गरेको चलाएको टयांकर घरभित्र छिर्दा एक बालकको ज्यान गएको छ ।
तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ भगवती टोल निवासी १३ बर्षीय अनिल विकको मृत्यु भएको प्रहरीले जनाएको छ ।
घरभित्र छिरेको रा १ त २६३१ नम्वरको ट्याक्टरल ठक्करबाट विकको मृत्यु भएको हो । विक स्थानीय डिभाईन टेम्पल बोर्डिङ स्कूलमा कक्षा ७ मा अध्यनरत थिए ।
उनको उपचारको क्रममा राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा शनिबार बेलुका ८ बजेतिर मृत्यु भएको थियो । टयांकर ७ बजेतिर घर भित्रै छिरेको थियो ।
आगनमा दिँदी सँगै बसेको मृतक दिदी ग्यास चुल्हो निभाउन भित्र छिरेकोले उनको ज्यान जोगिएको छ ।
स्थानीय प्रत्यक्षदर्शीका अनुसार उक्त घट्ना डरलाग्दो भएको बताएका छन । स्थानीयले टयांकर चालक कामी चौधरीलाई नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका छन ।
Categorized in समाज