४ जेठ २०८३, सोमबार
Nepal Bank AD 2082 mansir

मापसे गरी सवारी हकाउनेमा महिलाको संख्या बढ्यो


प्रकाशित: मंगलवार, ११ मंसिर २०७५, १०ः०० बजे
- महानगरखबर

काठमाडौ । मादक पदार्थ सेवन (मापसे) गरी सवारीसाधन चलाउने महिलाको संख्या बढेको महानगरीय ट्राफिक महाशाले जनाएको छ । 


आव २०७४÷७५ मा ३२६ महिलाले मापसे सम्बन्धी चेतनामूलक कक्षा लिएका थिए । चालु आवको चार महीनामा मापसे गरी सवारीसाधन चलाएका ३४१ महिलाले सो कक्षा लिइसकेको महाशाखाका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक वसन्तकुमार पन्तले बताए ।


लेन अनुशासनतर्फ आव २०७४÷७५ मा तीन हजार २५२ महिलाले चेतनामूलक कक्षा लिएका छज भने चालु आवको चार महीनामा ७५२ महीलाले सो कक्षा लिएका छन । 


आव २०७४÷७५ मा सवारी दुर्घटना गराउने २० महिलाले कक्षा लिएका थिए भने चालु आवको चार महीनामा सो कक्षा लिने महीलाको सख्या दुई रहेको महाशाखाले जनाएको छ । 


यातायात व्यवस्था विभागका अनुसार हाल देशभर ३२ लाखको हाराहारीमा सवारीसाधन सञ्चालनमा छन भने काठमाडौँ उपत्यकामा मात्र झण्डै आठ लाखको हाराहारीमा सवारीसाधन सञ्चालनमा छन । 

 

asteriskhubs
Home Page Bottom Second


maharjan complex