१४ बैशाख २०८१, शुक्रबार
Header

मापदण्ड विपरितका ९ हजार होर्डिङ बोर्ड हटायो महानगरले


प्रकाशित: विहिवार, १२ माघ २०७९, १६ः०० बजे 
- महानगरखवर

काठमाडौं । काठमाडौं महानगरपालिकाले मापदण्ड विपरितका (अनधिकृत) ९ हजार होर्डिङ बोड हटाएको छ।


गत कातिक २७ गतेबाट महानगरले महानगरले तोकेको शुल्क नबुझाएको, तोकिएको मापदण्ड भन्दा ठुला साईजका होर्डिङ बोड (परिचय पार्टी) हटाएको हो । 


महागरले गत असोज ७ गते मापदण्ड बमोजिम राख्न सकिने पाटीको आकार र त्यसमा लाग्ने वार्षिक शुल्कसमेत उल्लेख गर्दै ३० दिने सार्वजनिक सूचना जारी गरिएको थियो । 


यससँगै भित्तेलेखन, अनधिकृत पर्चा, पम्प्लेट र पोस्टर हटाइनेछ। दुई महिनाको अवधिमा सो संख्यामा बोर्ड हटाइएको हो। 


महानगरको आर्थिक ऐन २०७९ बमोजिम ६ वर्ग फुटसम्मको परिचय पाटीको वार्षिक शुल्क ५ सय रुपैयाँ हो भने १५ वर्गफुटसम्मको शुल्क १ हजार ५ सय रुपैयाँ हो। १५ वर्गफुटदेखि ३० वर्गफुटसम्मका परिचय पाटीको प्रति वर्गफुट १ हजार रुपैयाँ थप शुल्क तिनुपर्छ । 
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD