१२ बैशाख २०८१, बुधबार
Header

मानव सेवा आश्रमलाई काठमाडौं महानगरद्धारा गाडी हस्तान्तरण


प्रकाशित: शुक्रवार, १३ भाद्र २०७६, २१ः०० बजे
- महानगरखवर


काठमाडौं । काठमाडौं महानगरपालिकाले मानव सेवा आश्रमलाई बोलेरो गाडी हस्तान्तरण गरेको छ । 


राष्ट्रिय सभा गृहमा आयोजित कार्यक्रममा महानगर प्रमुख विद्यासुन्दर शाक्यले आश्रमका अध्यक्ष रामजी अधिकारीलाई गाडीको साँचो र कागजपत्र हस्तान्तरण गरेका थिए । 


सो अवसरमा प्रमुख शाक्यले मानव सेवा आश्रमसँग महानगरसँग भएको सम्झौताले वेसहारा मानिसको उद्धार, उपचार, खानपान र बासका लािग थालिएको साझेदारिताबाट ५४५ जना सहयोगापेक्षीमा लाभ पुगेको बताउँदै शहर समृद्धिको लागि महानगरको सधै सहायोग साथ हुने प्रतिवद्धता व्यक्त गरे । 


महानगरकी उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठले मानव सेवा आश्रमसँग मिलेर गरेको कामबाट आत्म सन्तुष्टि प्राप्त गरेको बताउँदै यसबाट काठमाडौंभित्रबाट मात्र होइन बाहिरबाट पनि सहयोगको माग हुने गरेको बताईन । 


महानगरसँग आश्रमले सहमति गरेपछिका उपलब्धीका बिषयमा कुरा गर्दै आश्रमका प्रमुख संरक्षक डा गोबिन्द टण्डनले २०८२ सम्ममा नेपाललाई सहयोगापेक्षी सडकमानवरहित बनाउने योजना महानगरको सहयोगमा लक्ष्य अघि नै पूरा गर्न सकिने संकेत देखिएको बताए । 


आश्रमका अध्यक्ष रामजी अधिकारीले बुढानिलकण्ठ नगरपालिकाले उपलब्ध गराउने करीब ४२ रोपनी जग्गामा महानगरले भवन निर्माण गरिदिने भएपछि लक्ष्य पूरा गर्न धेरै सजिलो भएको बताए ।


महानगरले सबै स्थानीय तहको नेतृत्व गर्छ । यही नेतृत्वबाट धेरै बेसाहाराहरुले सहारा पाएका र खान नपाउनेले खान, बास नभएकाले बास र बिरामीले उपचार पाएको अधिकारीले बताए । 


काठमाडौंमा मात्रै राख्न सम्भव नभएपछि १५० जनालाई काठमाडौंबाट स्थानान्तरण गरेर आश्रमका पोखरा, धनगढी, हेटौडा, बीरगञ्ज शाखाहरुमा राखिएको छ । घर परिवार भएका तर जीवन अस्तव्यस्त भएर आश्रमको सम्पर्कमा पुगेकामध्ये ७७ जना भागेका गएका छन् भने ४४ जनाले आश्रममै देह त्याग गरेका छन । 


महानगरले २०७४ मंसिर १ गते मानव सेवा आश्रमसँग सडकमा वेसहारा जीवन विताइरहेकाहरुको पालन पोषणमा सहयोग पु¥याउने उद्देश्यले सम्झौता गरेको हो । सहरका सडक किनारामा वेसहारा जीवन विताउने हरेक उमेर समूहका मानिसलाई उद्धार गरेर, आश्रममा लाने, सम्भव भए पारिवारिक पुनर्मिलन गराउने सहमतिबमोजिमको मुख्य काम हो ।


त्यसपछि महानगरका सडक पेटी तथा खुल्ला स्थानमा भेटिएका सवै उमेर समूहका, शारीरिक र मानसिक अवस्था जस्तोसुकै भएपनि, सहयोगको आवश्यकता भएका व्यक्तिहरुलाई उद्धार गर्ने, उपचार तथा पालनपोषण गर्ने, आधारभूत आवश्यकता परिपूर्ति गरिदिने, शिक्षा दीक्षा दिने काम आश्रमले गरिरहेको छ । 


यसबापत महानगरले आगामी आश्रमका २ वटा भवनको घर भाडा तिरिदिँदै आएको छ । महानगरले भाडा तिरिदिएकामध्ये वडा नं. २६ सामाखुशीको घरका लागि ६७ हजार २०० रुपैयाँ र बुढानिलकण्ठ नगरपालिका वडा नं. १ नीलो पुलस्थित घरकालागि १ लाख रुपैयाँ गरी कुल १ लाख ६७ हजार २ सय रुपैयाँ हुन्छ ।


महानगरसँग साझेदारिता भएपछि मानव सेवा आश्रमबाट ५४५ जनाको उद्धार गरिएकोमा अहिले काठमाडौं भित्र र बाहिर गरेर ११५ जना मानिसहरु आश्रित छज । ५४५ जनामध्ये १५९ जनालाई परिवारमा पुनर्मिलन गराइएको छ ।
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD