४ जेठ २०८३, सोमबार
Nepal Bank AD 2082 mansir

मानव बेचविखनमा संग्लनलाई कडा कर्वाहीको माग गर्दै राजधानीमा प्रभातफेरी


प्रकाशित: बुधवार, २० भाद्र २०७५, ०९ः३५ बजे
- महानगरखबर

काठमाडौँ । मानव बेचविखन तथा ओसारपसारमा संग्लनलाई कडा कार्वाहीको माग गर्दै बधुवार काठमाडौमा प्रभातफेरी र्याली गरिएको छ । 


महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री थममाया थापाले मानव वेचविखन तथा ओसारपसार जस्ता गम्भिर अपराधलाई न्युनिकरणको सबै पक्षको सहयोगको अपेक्षा गरेका छन् । 


मन्त्री थापाले यस क्षेत्रमा क्रियाशिल संघ, संस्थाहरुलाई आवश्यक नीति, निर्माणको सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए । 


मानव बेचबिखन तथा ओसारपसारविरुद्धको १२औँ राष्ट्रिय दिवसको अवसरमा गरिएको सो प्रभातफेरी ¥याली बाजागाजासहित भृकुटीमण्डपबाट निकालिएको ¥याली भद्रकाली, शहीदगेट, नयाँ सडक, रत्नपार्क हुँदै राष्ट्रिय सभागृहमा समापन गरिएको थियो । 
‘मिडिया मोविलाइजेसन फर सस्टेनेवल डेभलपमेन्ट’का अध्यक्ष नेहा शर्माले मानव बेचबिखनमा संलग्न तस्करको सञ्जाललाई नभत्काउँदासम्म यस क्षेत्रमा समस्या रहिरहने बताएका थिए । 


त्यसैगरी ‘विश्वास नेपाल’का अध्यक्ष तारा भण्डारी, परिवर्तन नेपालका प्रतिनिधि वर्षा लुइँटेललगायतले मानव बेचबिखनमा संलग्न व्यक्ति तथा गिरोहलाई कडाभन्दा कडा दण्डको व्यवस्था गर्न माग गरेका छन् ।

 


 

asteriskhubs
Home Page Bottom Second


maharjan complex