२४ जेठ २०८३, आइतबार
Nepal Bank AD 2082 mansir

मानव परिश्रमको महान स्मारकः चीनको ग्रेटवाल


प्रकाशित: आईतबार, १५ असोज २०७५, १९ः२५ बजे
- बिजयकृष्ण श्रेष्ठ

विश्व सम्पदा सूचीको अग्रिम पङ्क्तिमा आउने नाम हो– चीनको ग्रेट वाल । प्राचीन विश्वका सात आश्चर्यहरूमध्येको एक हो – चीनको ग्रेट वाल । यसो त चन्द्रमाबाट हेर्दा पृथ्वीमा देखिने एउटै मात्र मानव निर्मित संरचना पनि यही नै भनिन्छ । तर यो चाहिँ सत्य होइन । अन्तरिक्षबाट हेर्दा देखिने भनिन्छ, तर यो पनि विवादित नै छ । जे होस्, ग्रेट वाल आखिर ग्रेट वाल नै हो र यो हामी नेपालीहरूका लागि पनि सुपरिचित नै छ? चीनमा जाने जो कोही यहाँ भ्रमण गरेर फोटो खिँचाउने इच्छा गर्दछन् नै । महत्वको कुरा त के छ भने यसको केही भागको निर्माण ईसा पूर्व ७औँ शताब्दीमै आरम्भ भयो । मानिसहरूले कहिले पर्खाल बनाउन जाने भन्ने कुराको इतिहास हेर्न पनि यो पर्खाल महत्वपूर्ण आधारस्तम्भ रहेको छ । तर सीमा पर्खालको रूपमा यसको निर्माण भने चीनका प्रथम सम्राट छिन शि हुवाङ्गको पालामा ईसा पूर्व २२० तिर भयो । उनले बनाउन लगाएको पर्खालको अब केही भाग मात्र बाँकी छ । चीनमा विभिन्न वंशका सम्राट्हरूको शासन रहँदा यसको मर्मत सम्भार, पुनर्निर्माण र विस्तार गर्ने कार्य हुँदै आयो । हाल कायम रहेको पर्खालको धेरै भाग भने चीनमा मिङ्ग वंश (१३६८–१६४४) को शासनकालका दौरान भएको हो । 


चीनका स–साना राजा रजौटाहरूमाथि विजय प्राप्त गरिसकेपछि सम्राट् छिन शि हुवाङ्गले तत्कालीन समयमा रहेका सीमा पर्खालहरू भत्काउन लगाए । त्यसपछि उनले उत्तरतिरका आक्रमणकारी र विद्रोहीहरूलाई सुरँिक्षत राख्न लगातार पर्खाल बनाउन लगाए । पछि आएर चीनको ग्रेट वाल आक्रमणकारीहरूबाट राज्यलाई जोगाउनका लागि मात्र नभई भन्सार प्रयोजनका लागि पनि भएको देखिन्छ । चीनमा छिन वंशको शासन रहँदा मात्र नभई यस पछि आएका हान, सुई र उत्तरी वंशहरूको शासनको बेला पनि चीनमा ग्रेट वालको मर्मतसम्भार, पुनर्निर्माण भयो । 


१४औं शताब्दीमा चीनमा मिङ्ग वंश आए पछि ग्रेट वाल निर्माण कार्यले पुनर्जीवन पायो । पहिले चुन र कुटेको माटो जस्तो सामग्रीको प्रयोग भएकोमा अब ईंट र ढुङ्गाको प्रयोग गरियो भने करिब २५ हजार चौकीघरहरू पनि स्थापना भए । मंगोलहरूको आक्रमण जारी रहेकाले पनि यस्तो दुर्ग पर्खाल बनाउने जरुरत आयो ।  बंजारा कबिलाहरूको आक्रमणबाट बस्ती सुरक्षित राख्नु पनि यसको उद्देश्य थियो । मंगालहरूले ओर्डस मरुभूमि कब्जामा लिए पछि ह्वाङ्ग हो नदीको किनारको आकारमा नगई यसै मरुभूमिको दक्षिणी किनारमा पर्खाल निर्माण गरियो । मिङ्ग वंशकै दौरान लियाओदोङ्ग पर्खाल पनि बनाइयो, जसको प्रमुख उद्देश्य आक्रमणकारीहरूबाट खेती जोगाउनु थियो । आजभोलि यो पनि चीनको ग्रेट वालकै यो पनि अंश भएको छ । चीनको यस ग्रेट वाललाई मन्चु आक्रमणकारीहरूले भने पटक पटक छिचोले र अन्ततः उनीहरूले सन् १६४४ मा  बेइजिङ्गमाथि विजय पनि हासिल गरे । चीनमा राजतन्त्रको अन्तिम वंश छिङ्ग वंश स्थापना भयो र ग्रेट वालको निर्माण कार्य त्यसपछि रोकियो । 


चीनको ग्रेट वाललाई चिनिया भाषामा वान ली चानचेन भनेर भनिन्छ । यसको अर्थ दस हजार लि लामो पर्खाल हो । एक लि बराबर आधा किलोमिटर मानिएको छ । यो खास लम्वाइ नापेर गरिएको नाम नभई वर्णनका आधारमा परेको नाम हो । चीनको लाओनिङ्ग प्रान्तको दाङ्गदोङ्ग नजिक रहेको हु पर्वतदेखि गान्सु प्रान्तमा रहेको जियायु भञ्ज्याङ्गसम्मको यसको लम्बाइ ८८५० किलोमिटर रहेको छ यसको मूल लम्बाइ ३१०० माइल रहेको बताइन्छ र निर्माणमा १० लाख भन्दा बढी कामदारहरू लागेको अनुमान छ, त्यसमध्ये कतिपय कामदार निर्माणका क्रममा मरे पनि । ती मध्ये कतिपय त पर्खालमुनि नै पुरिएको भनिन्छ । भाले कुखुराको टाउकाको सिउर जस्तो पहाडको सिउर अनि ग्रामीण इलाकामा सर्पाकृति भएर अगाडि बढेको यो पर्खालको विशाल छ । यससँग कतिपय स्थलमा किल्लामा पिग्रेट वाल चीनको ९ वटा प्रान्तहरूमा फैलिएर रहेको छ । तर पर्यटकहरू धेरै जसो बेइजिङ्गको नजिक रहेको ४ वटा खण्डको भ्रमण गर्दछन् । यसमा पनि बदालिङ्ग खण्ड सबभन्दा लोकप्रिय रहेको छ । यो स्थल बेइजिङ्गबाट डेढ घण्टाको यात्रामा पुगिन्छ । माथि जानका लागि केबलकारको पनि व्यवस्था छ । यसो त सिमाताइ, जियान्काउ, मुतियान्यू खण्डहरू पनि उत्तिकै भ्रमणका लागि लोकप्रिय छन् ।  यी सबै स्थल बेइजिङ्गबाट डेढ, दुई घण्टाको यात्रामा नै पुगिन्छ । कतिपय पर्यटकहरू नजिकैको होटलमा बसेर बिहान भीडभाड नभएको समय पारी ग्रेट वालमा घुम्दछन् । ग्रेट वाल माथिबाट हिँड्दा कतै समथर, कतै भिरालो र कतै सिँढी रहेका छन् । ग्रेट वालमा रहेका चौकी नजिक मानिसहरू फोटो खिँच्छन् । 


विदेशतिर चीनको ग्रेट वाल नामले नै प्रचलित भए पनि लामो पर्खाल भनिनु पर्ने ठाउँमा के हिसाबमा महान् पर्खाल भनियो भन्ने सम्बन्धमा पनि चर्चा हुने गरेको छ ।सन् १९७२ मा अमेरिकी राष्ट्रावनपति रिचर्ड निक्सनले यो पर्खालको भ्रमणबाट प्रभावित भएर ग्रेट वाल इज ग्रेट इन्डिड भनेकाले सबैले यसलाई ग्रेट वाल नै भनेर प्रचार गरे पनि भनिन्छ । 

 

asteriskhubs
Home Page Bottom Second


maharjan complex