काठमाडौँ । मानवतस्करी, बेचविखन र अन्तराष्ट्रिय अपराधसम्न्धी सम्मेलनमा भाग लिन गृहमन्त्री रामबहादुर थापा‘बादल’ आज( आईतबार ) बेलुका ईण्डानेसिया प्रस्थान गर्ने भएको छ ।
इण्डोनेसियाको राजधानी बालीमा आायोजना हुने सो सम्मेलनमा भाग लिन आइतबार बेलुका ९ः३० बजे जाने क्रार्यक्रम रहेको छ ।
गृहमन्त्री थापाले साउन २२ गते सम्मेलनलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । नेपालसहित चीन, भारत, अस्ट्रेलिया लगायत ४५ सदस्य राष्ट्र र संयुक्त राष्ट्रसंघीय एजेन्सीहरु आईओएम, यूएनएचसीआर र यूएनओडीसी सम्मेलनको सदस्यको रुपमा रहेका छन ।
सन् २००२ बाट बालि प्रोसेसको नाममा यो सम्मेलनको आयोजना गर्न सुरु गरिएको हो । गृहमन्त्री थापा साउन २३ गते नेपाल फर्कनेछ ।
Categorized in राष्ट्रिय