काठमाडौं । एमाले नेता माधव कुमार नेपाल समूहले शनिवार पार्टी सुदृढीकरण र समानन्तर रुपमा संगठन विस्तार अभियानको घोषणा गर्ने भएको छ ।
नेपाल समूहको शुक्रवार वसेको बैठकले चैत्र ४ र ५ गते बसेको राष्ट्रिय भेलाबाट पारित भएको राजनीतिक प्रविवेदनलाई आम कार्यकर्ताविच लगि संगन विस्तार र सुदृढीकरणका अभियान चलाउने भएको नेता योगेश भट्टराईले बताए ।
शनिवार अभियानबारे विस्तृत जानकारी सहित कार्यक्रम घोषणा गरिने समेत उनले जानकारी दिए ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीका नेताद्धय सुरेन्द्र पार्टी र घनश्याम भुसाललाई निलम्बन गरेको पनि कडा विरोध गरेका छन ।
सर्वोच्चको आदेशपछि एमाले व्यूतिएपछि एमाले अध्यक्ष ओलीले पार्टी नीति अनुरुप काम नगरेको र नेताहरुलाई कारवाही गरी पार्टी हित विपरित कार्य गर्दै अएको नेपाल समूहको आरोप छ ।
Categorized in राष्ट्रिय