काठमाडौं । एमाले वरिष्ठ नेता माधवकुमार नेपाल र नेता भीम रावल नेकपा एमालेबाट ६ महिनाको लागि निलम्बनमा परेका छन ।
नेताद्धय नेपाल र रावललाई प्रधानमन्त्रीसमेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निलम्बन गरेका हनु । पार्टी विधान पार्टी विधान २०४९ को धारा ४९ (ख) अनुसार उनीहरुलाई निलम्बन गरिएको हो ।
उनीहरुलाई पार्टीका सबै जिम्मेवारीहरू तथा पार्टी सदस्यताबाटै निलम्बन गरिएको बताईएको छ । नेपाल र रावलले पार्टी हितविपरीत गतिविधि गरेको तथा सोधेको स्पष्टीकरण चित्तबुझ्दो नभएको भन्दै ओलीले उनीहरूलाई निलम्बन गरेका छन ।
यद्दपी सच्चिएर आएको खण्डमा निलम्बनको समय कम गरिन सकिने बताईएको छ ।
Categorized in राष्ट्रिय