६ आषाढ २०८३, शनिबार
Nepal Bank AD 2082 mansir

माधव नेपाललाई यतिखेर सोधिने प्रश्न – ‘तपाई राष्ट्रपतिको उम्मेदवार हो ?’


प्रकाशित: मंगलवार, ९ फागुन २०७९, १४ः०० बजे
- महानगरखवर

काठमाडौं । नेकपा एकिकृत समाजवादीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधव कुमार नेपालको चर्चा बढेको छ ।


नेकपा एमाले अध्यक्ष केपी शर्माले नेपाललाई राष्ट्रपतिको प्रस्ताव गरेको समाचार आएपछि सञ्चारकर्मीहरुले लगातार यी प्रश्न नेपाललाई तेर्सारहेका छन । 


तर ओलीले भने अहिलेसम्म सार्वजनिक मञ्च वा अन्य कुनै माध्यमबाट नेपाललाई राष्ट्रपतिको उम्मेदवारको प्रस्ताव गरेको भने छैन । 


दाङमा आज लुम्बिनी प्रदेशस्तरीय कार्यक्रममा पनि नेपाललाई पत्रकारहरुले राष्ट्रपति बन्न आएको प्रस्तावबारे सोधेका थिए । 


उनले सो विषयमा प्रष्ट नखुलेपनि मिडियामा आएको कुरामा ध्यान नदिन आग्रह गरे । 


राष्ट्रपतिको बारे आफुले नसोचेको र पार्टी भित्र पनि छलफल नभएकोले सो विषयमा चर्चा नगर्ने उनले बताए । 


नेपालले आफ्नो भूमिका पावर सेयरिङमा हुनु पर्नेमा जोड दिएका छन । उनले भने,‘‘तर पावर सेयरिङमा हाम्रो पार्टीको भूमिका हुनुपर्दछ । अरुको निम्ति मात्रै हामी सधैंभरी बलिदान हुने र अरुले चाहिँ त्यसको फाइदा उठाउने कुरा हुन सक्दैन ।’ 


यस अघिको गठबन्धनको बेला झलनाथ खनाललाई राष्ट्रपति बनाउने विषयमा नेकपा माओवादी र नेपाली कांग्रेस सहमत भएको कुरा सुनाए । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex