२९ कार्तिक २०८३, शनिबार
Binod Yojesh Ram

मादक पदार्थ खाएर घर फर्केका ६ जनाको मृत्यु


प्रकाशित: बिहिबार, १४ असार २०७५, १९ः२७ बजे
- जेम्सज्वेलरीखबर

काठमाडौं । धनुषा जिल्लाको कमला नगरपालिकाका ६ जनाले मंगलबार बेलुका एक पसलमा मादक पदार्थ सेवन गरी सुतेका विहान अचानाक विरामी पर्दा ६ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

 
मृत्यु हुनेहरुमा कमला नगरपालिका–५ लकड स्थित टेनाटोल बस्ने ४० वर्षीय रामनाथ पासवान, ५० वर्षीय रामचन्द्र पासवान, ३६ वर्षीय मणि पासवान, सोही नगरपालिका–६ मडान बस्ने ४५ वर्षीय साविर अन्सारी, ५२ वर्षीय गंगा पासवान र ३८ वर्षीय राजबिर महतोको बुधबार मृत्यु भएको छ । 


मृतक मध्ये रामनाथ, रामचन्द्र, मणि र साविरको स्थानीय मेडिकलका चिकित्सकले जाँच गराउने क्रममा मृत्यु भएको थियो भने गंगा र राजबिरको सिराहा मिर्चैयास्थित मंगल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो ।

 
कमला नगरपालिका–५ बस्ने ४३ बर्षीय जामुन पासवान सहित अन्य ३ जना असक्त भएकोले उपचारको लागि जनकपुर अंचल अस्पतालमा पठाइएको छ ।

 
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुससन्धान अघि बढाएको छ । 

 

asteriskhubs
Home Page Bottom Second


nuhadya 1147
binod rajbhandari
Yogesh Khadgi KMC 27
maharjan complex
ramkrisna naya bachat
dev dai naya bachat
kmc 12 bala
bagmati gaupalika