काठमाडौं । नेपाल भाषाका वरिष्ठ पत्रकार सुरेशकिरण मानन्धरले मातृभाषा बचाउने काम प्रेस काउन्सिल नेपालले गर्न सक्ने बताएका छन ।
अन्तर्राष्ट्रिय मातृभाषा दिवसको अवसरमा महानगरखबरडटकमका प्रतिनिधिसँग गरेको एक कुराकानीमा पत्रकार मानन्धरले पत्रकारिताले भाषा बचाउने जस्ता गम्भिर विषयलाई सम्बोधन गर्न सक्ने भनाई राखेका छन ।
उनले भाषा भनेको पहिला साहित्य लेखनले बचाउने काम गरेपनि अहिले साहित्य लेखन कम भएकोले पत्रकारिता मातृभाषा बचाउने सशक्त माध्यम हुन सक्ने बताएका छन ।
‘कुनै पनि भाषा चाहि जब त्यसको लेख्य परम्परा सुरु हुन्छ नी, भाषा बचाउने सम्भावना धेरै हुन्छ, लेख्य परम्परा भएन भने त्यो भाषा बच्दैन, अहिले के छ भने हरेक १५ दिनमा एउटा भाषा मरिरहेको छ भन्ने कुरा आईरहेको छ नी, त्यो कस्तो मरिरहेको छ भने जसको कुनै लेख्य परम्परा छैन । उनले भने,‘ लिखित परम्परा चलाउने भनेको कि साहित्यकार हो कि पत्रकारिता हो, पहिला पहिला साहत्यले गथ्र्यो अव साहित्य लेखन कम भयो, त्यसैले पत्रकारिता गर्नु भनेको भाषा पनि बचाउनु हो ।’

वरिष्ठ पत्रकार मनान्धरले अहिले नेपालमा ३० वटा मातृभाषा लेख्य परम्परामा रहेको गोरखापत्रमा प्रकाशित हुने मातृभाषा पृष्ठले पुष्टि गरेको बताए ।
यतिखेर प्रेस काउन्सिललाई अवसर पनि हो कि पत्रकारिताको माध्यमबाट भाषा बचाउने, प्रेस काउन्सिलले मातृभाषा विभाग स्थापना गरेर काम गरेको खण्डमा भाषा बचाउने जस्तो गम्भीर कार्य गरेको खण्डमा काउन्सिललाई गौरवको विषय बन्न सक्ने सक्ने उनको भनाई छ ।

काउन्सिलले मातृभषााको पहिलो पत्रकार मातृभाषा पत्रकार धर्मादित्य धर्माचार्य र नेपाल पत्रकार महासंघया संस्थापक अध्यक्ष सत्यनारायण बहादुर श्रेष्ठलाई राज्यस्तराबट मान्यता प्रदान गरिनु पर्नेमा उनले जोड दिएका छन ।
पत्रकार मानन्धरले भाषिक पत्रकारिताको सय बर्ष पुग्न लागेको सन्दर्भमा सरकारले यी विषयलाई सम्बोधन गर्नु पर्ने भनाई राखेका छन ।
नेपाल संवत १०४५ मा धर्मादित्यले नेपालभाषामा पत्रिकार प्रकाशन सुरु गरेका ईतिहास भएको र दैनिक पत्रिकाका कुरा गर्ने हो भने गोरखापत्र दैनिक भन्दा पहिला नेपालभाषा दैनिक पत्रिका भएको ईतिहास रहेको उनले भने ।
तस्वीर र भिडियोः बिज्जु श्रेष्ठ/महानगरखबर
Categorized in समाज