१ जेठ २०८३, शुक्रबार
Nepal Bank AD 2082 mansir

मातृभाषा पत्रकारिता प्रवर्धन बिषयक छलफल, केहि दिन अघि दोस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन सम्पन्न


प्रकाशित: शनिवार, १४ असार २०८२, १२ः२८ बजे
- महानगरखबर

 काठमाडौं । ‘मातृभाषा पत्रकारिता प्रवर्धन र चुनौती’ विषयक परामर्श कार्यक्रम पनि शुक्रबार काठमाडौंमा सम्पन्न भयो । 


नेपाल आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान र फोनिज (नेपाल आदिवासी जनजाति पत्रकार महासंघ) को संयुक्त आयोजनामा आयोजित कार्यक्रममा भाषिक अधिकार, सञ्चारको समावेशीता र जनताको पहुँच विषयमा छलफल भयो ।


कार्यक्रममा फोनिज अध्यक्ष लक्की चौधरी, सार्वजनिक सेवा प्रसारण नेपाल टेलिभिजनका प्रमुख पुष्पहरि क्याम्पराई, गोरखापत्र दैनिकका नायब कार्यकारी सम्पादक कुमार विवेकानन्द मिश्र, रेडियो नेपालका कार्यक्रम प्रमुख ताराप्रसाद वस्ती लगायत वक्ताहरुले कार्यपत्र प्रस्तुत गर्दै मातृभाषामा सञ्चारको संवद्र्धन आवश्यक रहेकोमा जोड दिए ।


कार्यक्रममा मातृभाषी पत्रकारको सहभागिता, भाषागत चुनौती, दक्ष जनशक्तिको अभाव, समय व्यवस्थापनको कठिनाइजस्ता विषयहरुमा विशेष छलफल भएको थियो । 


कार्यक्रममा गोरखापत्र, रेडियो नेपाल, राससलगायत बहुभाषिक समाचार सेवा दिने संस्थाका प्रतिनिधि, आदिवासी पत्रकार संघ, भाषिक अगुवा, सरोकारवाला निकाय र १०० भन्दा बढी सहभागीहरुको उपस्थिति थियो । 


सात बुँदे घोषणापत्रसहित दोस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन सम्पन्न


केही समय अघि मातृभाषा पत्रकारिताको सशक्त प्रवद्र्धनका लागि आयोजित दोस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन–११४५ शनिबार सात बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ ।


बंगलादेश, भारत र नेपालका विभिन्न भू–भागबाट सहभागिता जनाएका करिब ५० विदेशी र १०० नेपाली पत्रकारहरूको उपस्थिति रहेको दुईदिने सम्मेलनमा मातृभाषा पत्रकारिताका चुनौती, अवसर र सम्भावनाहरूमा विविध प्यानल छलफल भएका थिए ।


सम्मेलनको उद्घाटन प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले गर्नुहुँदै मातृभाषा पत्रकारिता नेपालको संविधानअनुसार स्थापित बहुल समाजभित्रको एकता व्यवहारमा उतार्ने माध्यम भएको उल्लेख गर्नुभयो । 

 


उहाँले सरकारी सञ्चार माध्यममा भाषाभाषीका समाचारहरूको पहुँचलाई अझ समृद्ध बनाउन आवश्यक रहेको बताए ।


मध्यपुर थिमि नगरपालिकाका मेयर सुरेन्द्र श्रेष्ठले स्थानीय तहबाट मातृभाषा संरक्षणका पहल जारी रहेको जानकारी दिँदै विद्यालय तहमा मातृभाषा अध्यापन सुरु गर्न तयारी भइरहेको बताए ।


नेपालका प्रथम मातृभाषी पत्रकार धर्मादित्य धर्माचार्यद्वारा सुरु गरिएको मातृभाषा पत्रकारिता १०१ वर्षमा प्रवेश गरेको उपलक्ष्यमा सम्मेलन आयोजना गरिएको जानकारी पत्रकार राष्ट्रिय दबूका अध्यक्ष नृपेन्द्र लाल श्रेष्ठले दिए। 


कार्यक्रममा गोरखापत्रका पूर्व प्रधान सम्पादक पुस्करभक्त माथेमाले मातृभाषा पत्रकारिताको अभ्यास र अनुभवबारे कार्यपत्र प्रस्तुत गरे ।


नेपाल, भारत र बंगलादेशका ५ जना वरिष्ठ सञ्चारकर्मीहरूलाई ‘धर्मादित्य मातृभाषा पत्रकारिता सम्मान’ प्रदान गरिएको थियो । 


सम्मेलनको सात बुँदे घोषणापत्रमा समेटिएका मुख्य मागहरूः


१) धर्मादित्य धर्माचार्यलाई नेपाल सरकारबाट विधिवत् सम्मान र मान्यता दिनु ।


२) नेपाल तथा सार्क राष्ट्रका सरकारहरूले मातृभाषा पत्रकारिताको संरक्षणका लागि नीतिगत प्रतिबद्धता र बजेट विनियोजन गर्नु ।


३) मातृभाषा पत्रकारिता सामाजिक न्याय र सांस्कृतिक संरक्षणको साधन हो भन्ने मान्यता स्थापित गर्नु ।


४) मातृभाषी पत्रकारका लागि नियमित तालिम, कार्यशाला, फेलोशिप कार्यक्रम संचालन गर्नु ।


५) युनेस्को, ग्ल्, क्ष्ल्न्इक र विकास साझेदारले मातृभाषा पत्रकारितालाई प्राथमिकतामा राखी प्राविधिक तथा आर्थिक सहयोग प्रदान गर्नु ।


६) विश्वविद्यालय र अनुसन्धान संस्थाले मातृभाषा पत्रकारिताको अध्ययन तथा डिजिटल प्रवद्र्धनका लागि लगानी गर्नु ।


७) मातृभाषा पत्रकारितामा क्रियाशील संघसंस्थालाई मान्यता र आर्थिक सहयोग उपलब्ध गराउनु ।


घोषणापत्रमार्फत सहभागी पत्रकारहरूले ूडिजिटल युगमा मातृभाषा पत्रकारिता बाँच्ने मात्र होइन, फस्टाउनेू दृढ संकल्प व्यक्त गर्दै सबै सरोकारवालाहरूलाई कार्यान्वयनका लागि आह्वान गरेका छन ।


यसअघि सन २०२४ मा पहिलो अन्तर्राष्ट्रिय सम्मेलन र सन् २०१८ तथा २०२२ मा राष्ट्रिय सम्मेलन सम्पन्न भइसकेका छन । 

asteriskhubs
Home Page Bottom Second


maharjan complex