१५ बैशाख २०८१, शनिबार
Header

मातृभाषा पत्रकारिता दिवश मनाईदैं


प्रकाशित: बुधवार, १ जेठ २०७६, ११ः०० बजे
- महानगरखवर

काठमाडौं । नेपाल भाषाको मातृभाषा पत्रकारिता दिवश जेठ ३ गते शुक्रवार मनाईने भएको छ । 


नेपालका विभूति धर्मादित्व धर्माचार्यले पहिलो पल्ट मातृभाषामा ‘बुद्धधर्म व नेपालभाषा’ पत्रिका प्रकाशित गरी मातृभाषा पत्रकारिता सुरुवात गरेका थिए । 


मातृभाषा पत्रकारिताका अग्रज धर्माचार्यको ९४ बर्षको पुगेको अवसरमा सो दिवश मनाउन लागिएको हो । 


मातृभाषा अभियान्ता संस्था मां भाय् पुचः र नेवाः पत्रकार राष्ट्रिय दवूको संयुक्त आयोजनामा ललितपुर महानगरपालिकास्थित धर्मादित्व धर्माचार्य उद्यानमा मनाईने कार्यक्रम संयोजक सुरजवीर बज्राचार्यले बताएका छन । 


चौथो पटक मनाउन गईरहेको यस दिवशमा मातृभाषा पत्रकारहरुलाई उपस्थितीको लागि आग्रह गरिएको छ । 
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD