७ कार्तिक २०८३, शुक्रबार
Binod Yojesh Ram

मातृभाषाको पत्रकारिता प्रर्वद्धन गर्न राज्यको भूमिकाको खाँचो


प्रकाशित: शुक्रवार, ३ जेठ २०७६, २१ः०० बजे
- सुनिल महर्जन

काठमाडौं । नेपाल भाषाको पत्रकारिता शुरुआत भएको ९४ वर्ष पुगेको सन्र्दभमा शुक्रबार चौथों मातृभाषा पत्रकारिता दिवस मनाइयो ।


नेवाः पत्रकार राष्ट्रिय दबू केन्द्रीय समितिले मां भाय् पुचःको संयुक्त आयोजना र पत्रकार दबू ललितपुर शाखाको व्यवस्थानपनमा विविध कार्यक्रम आयोजना गरी सो दिवस मनाएको हो । नेपाल संवत् १०४५, वि सं १९८२ बुद्ध जयन्तीको दिन भारतको कलकत्ताबाट धर्मादित्य धर्माचार्यले (जगतमान वैद्य ) बुद्ध धर्म र नेपाल भाषा नामक पत्रिका प्रकाशन गरेपछि नेपाल भाषाको पत्रकारिता शुरुआत भएको थियो ।उहा“को १ सय १४ औं जन्मजयन्तीलाई मातृभाषा पत्रकारिता दिवसका रुपमा तीन वर्ष अघिदेखि मनाउन थालिएको हो ।


यही पत्रिका सम्भवतः गैर नेपाली भाषामा प्रकाशित पहिलो पत्रिका रहेको अहिले सम्मको अध्ययनले प्रमाणित गरेकोले मातृभाषा पत्रकारिता दिवस मनाइएको नेवाः पत्रकार राष्ट्रिय दबूका केन्द्रीय अध्यक्ष श्रीकृष्ण महर्जनले बताउनुभयो । सो अवसरमा ललितपुरको पुल्चोक स्थित धर्मादित्य धर्माचार्य (जगतमान वैध) को सालिकमा ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले माल्यार्पण गरी कार्यक्रमको शुरुआत गरिएको थियो ।


समारोहमा वक्ताहरुले संविधानले देशमा बोलिने सबै मातृभाषा राष्ट्र भाषा हुन भनिसकेको अवस्थामा मातृभाषाका पत्रकारिताको विकासका लागि राज्यले विशेष ध्यान दिनुपर्नेमा जोड दिए । उनीहरुले प्रत्येक नेपालीलाई मातृभाषाको माध्यमबाट सूचना माग्ने र सुसुचित हुने हक रहेको बताउ“दै सहभागी वक्ताहरुले त्यसको प्रत्याभूति गर्न राज्य तत्पर हुनुपर्ने बताए ।


महानगरपालिकाका प्रमुख महर्जनले नेपाल भाषाको पत्रकारिताको विकासको लागि ठोस काम गर्ने प्रतिबद्धता व्यक्त गर्दै नेवाः डेस्क सञ्चालन गर्ने बताउनुभयो ।


सो अवसरमा आदिवासी जनजाति पत्रकार महासंघका अध्यक्ष डण्ड गुरुङ्गले नेपालको पत्रकारिता दायरा फराकिलो बनाउन मातृभाषाको पत्रकारिताको प्रर्वद्धन गर्नुपर्ने खा“चो औल्याउ“नुभयो । उहा“ले धर्मादित्य धमाचार्यले बुद्धधर्म र नेपाल भाषाप्रति अनुरागले गर्नुभएको पत्रकारिता अहिले व्यावसायिक धारमा अघि बढिरहेको उल्लेख गर्दै त्यसमा राज्यको साथ र सहयोग गर्नुपर्नेमा जोड दिनुभयो ।


उहा“ले मातृभाषाकै पहिलो पत्रकारका रुपमा रहेको धर्माचार्यलाई राज्यले मान्यता दिएर मातृभाषा पत्रकारिता दिवस मनाउनुपर्ने माग गर्नुभयो ।मुलक संघीयतामा गइसकेको सन्र्दभमा विविध भाषाको पत्रकारिताको विकासका लागि स्थानीय तहले विशेष पहल गर्नुपर्ने पनि अध्यक्ष गुरुङ्गको जोड रहेको छ ।


सो अवसरमा नेपाल पत्रकार महासंघका उपाध्यक्ष दिलिप थापामगरले सरकारले विभिन्न विधयेक मार्फत मिडियाको घा“टी निमोठ्न खोजेको भन्दै त्यसका विरुद्ध सबै पत्रकार संघसंस्थाहरु एकताबद्ध भएर उभिनुपर्ने खा“चो औल्याउनुभयो ।


समारोहमा मधेशी पत्रकार समाजका अध्यक्ष मोहन सिंहले मातृभाषामा सूचना माग्ने र सुसूचित हुने हकको सम्मान गर्दै मातृभाषा पत्रकारिताको विकास लागि राज्यले नै मातृभाषा पत्रकारिता दिवस मनाउनुपर्नेमा जोड दिनुभयो । 


सो अवसरमा नेवाः पत्रकार राष्ट्रिय दबूका केन्द्रीय उपाध्यक्ष सुरजवीर बज्राचार्यले महानगरपालिकामा नेपाल भाषाको प्रयोगको लागि ल्याइएको  नेवाः डेस्कको अवधारणा कार्यान्वयन नभएको गुनासो व्यक्त गर्नुभयो ।


नेवाः पत्रकार राष्ट्रिय दबू ललितपुरका सचिव राजेश बज्रचार्यले नेवाः डेस्कको कार्यान्वयनले महानगरपालिकाबाट नेपाल भाषाको संरक्षणमा ठोस काम हुने विश्वास व्यक्त गर्नुभयो ।

 

asteriskhubs
Home Page Bottom Second


binod rajbhandari
Yogesh Khadgi KMC 27
maharjan complex
ramkrisna naya bachat
dev dai naya bachat
kmc 12 bala
bagmati gaupalika