२ जेठ २०८३, शनिबार
Nepal Bank AD 2082 mansir

मातृभषा पत्रकारिता सम्मेलनको आज दोस्रो दिन


प्रकाशित: आइतवार, २० जेठ २०८१, १०ः३० बजे
- महानगरखवर

काठमाडौं । अन्तर्राष्ट्रिय मातृभषा पत्रकारिता सम्मेलनको आज दोस्रो दिन भक्तपुरको मध्यपुर ठिमीमा हुँदैछ ।


आइतवार ११ बजे भक्तपुरको मध्यपुर ठिमी ब्याँकेटमा उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठको प्रमुख आथित्यमा हुने नेवाः राष्ट्रिय पत्रकार दबूको अध्यक्ष निपेन्द्रलाल श्रेष्ठले जानकारी दिए । 


हिजो शनिवार ललितपुरस्थित स्टाफ केजलमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको प्रमुख आतिथ्यमा ललिपुरको स्टाफ कजेलमा ‘प्रथम अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन’को शुभारम्भ गरिएको थियो ।

 
सो अवसरमा पूर्वराष्ट्रपति भण्डारीले भाषिक तथा सांस्कृतिक विविधताको संरक्षण गर्नु आजको आवश्यकता भएको बताइएकी थिइन ।

 
नेपालमा मातृभाषा पत्रकारिता सुरु भएको एक सय वर्ष पुगेका सन्दर्भ पारेर नेवाः पत्रकार राष्ट्रिय दबूद्वारा आयोजित सम्मेलनलाई सम्बोधन गर्दै उनले भावी पुस्तालाई आफ्नो सांस्कृतिक पृष्ठभूमिसँग जोड्नका लागि भाषिक तथा सांस्कृतिक विविधताको संरक्षण गर्नुपर्ने बताइन ।


मातृभाषा पत्रकारिताले विभिन्न भाषिक समुदायबीच संवाद र आदानप्रदानका लागि स्थान प्रदान गरेर सांस्कृतिक विविधतालाई जोड्न र अन्तर सांस्कृतिक समझदारीलाई प्रवद्र्धन गर्ने काममा योगदान गर्न सक्दछु, उनले भने ।


सो अवससमा काठमाडौं महानगरपालिकाका पूर्व प्रमुख विद्यासुन्दर शाक्यलाई पूर्व राष्ट्रपति भण्डारीले सम्मान गरेकी थिइन ।


शाक्यले आफ्नो कार्यकालमा काठमाडौंमा विद्यालयहरुमा स्थानीय भाषाको रुपमा नेपाल भाषा पठनपाठन सुरु गरेको र मातृभाषा पत्रकारितमा पनि महत्वपूर्ण योगदानको कदर गर्दै पत्रकार दबूले विशेष सम्मान गरेको थियो । 


सम्मानति भएपछि शाक्यले आफूले गरेको भाषिक कार्यको ललितपुर महानगरपालिका, भक्तपुर लगायत विभिन्न पालिकाले अनुशरण गरेकोमा गर्व लागेको सुनाए । 


नेवाः राष्ट्रिय पत्रकार दबुको आयाजना र सार्क जर्नालिष्ट फोरमको सहयोगमा २ दिने सम्मेलन गरिएको हो । 


यस अवसरमा सार्क मुलुकक बंगलादेश, पाकिस्तान, श्रीलंका, भारत लगायतका मातृभाषी पत्रकारहरु सहभागी भएका छन । 


सार्क जर्नालिष्ट फोरमका अध्यक्ष राजु लामाले सार्क राष्ट्रका पत्रकारसँगै अन्य मुलुकका मातृभाषा पत्रकारहरुले जुमिंग मार्फत सहभागी जनाउने बताएका छन ।

 
नेपाल भाषाका पहिलो पत्रकार धर्मादित्य धर्माचार्यले मातृभाषमा पत्रिका प्रकाशन गरेको एक सय बर्ष पुगेको उपलक्ष्यमा सो  सम्मेलन गरिएको दबुले जनाएको छ ।

 

asteriskhubs
Home Page Bottom Second


maharjan complex