४ जेठ २०८३, सोमबार
Nepal Bank AD 2082 mansir

माटोको ढिस्कोले पुरिएर एक बालिकाको मृत्यु, दुई घाईते


प्रकाशित: विहिवार, १ कात्तिक २०७५, १९ः०० बजे
- महानगरखबर

काठमाडौं । माटोको ढिस्कोले पुरिएर विहिवार विहान धनुषा जिल्लाको धनुषाधाम नगरपालिकामा एक बालकको मृत्यु भएको छ भने २ घाईते भएको प्रहरीले जनाएको छ । 


इलाका प्रहरी कार्यालय धनुषाधामका अनुसार धनुषाधाम–४ लक्ष्मीपुरमा माटोको ढिस्कोमा परेर यसै नपाको वडा नं ९ धारापानी बस्ने रामअवध यादवकी आठ वर्षीया छोरी सिर्जनाकुमारी यादवको मृत्यु भएको हो । 


बालिका माटो खन्न गएका बेला माथिबाट ढिस्को खसेर पुरिँदा घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । 


इप्रका धनुषाधाम इन्चार्ज प्रहरी निरीक्षक प्रकाश दाहालले माटो खन्न गएका अरु दुई बालिका मिका पण्डित र रञ्जिता पण्डित घाइते भएको बताए । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex