काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले पशुपतिनाथको दर्शनका लागि आउने दर्शनार्थीहरुको मूल्यवान सामानको सुरक्षाको लागि लकर कक्ष सञ्चालनमा ल्याएको छ ।
बैकले आईतबार आयोजना गरिएको कार्यक्रम पशुपति क्षेत्र विकास कोषका अध्यक्ष एवं माननीय संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रविन्द्र अधिकारीले गरे ।
मन्त्री अधिकारले पशुपति क्षेत्र विकास कोषलाई बैंकले दिएको योगदानको प्रशंसासँगै धन्यवाद ज्ञापन गरे ।
बैंकका अध्यक्ष श्री रोशन के. सी.ले बैंकको अठारौ वार्षिकोत्सवको अवसर पारेर विश्व कै हिन्दूहरुको महान तीर्थस्थल पशुपतिनाथ मा एउटा पुण्यको कार्य गर्न पाउँदा आफु र सम्पूर्ण माछापुच्छ्रे बैंक परिवार गौरवान्वित भएको बताए ।
बैंकले पशुपति मन्दिरमा आउने तिर्थालुजनहरुको सुविधाको लागि लकर घर निर्माण गरी ५१० थान लकरको व्यवस्था गरेको छ । उक्त लकर कक्ष सञ्चालनमा आए पश्चात तिर्थालुजनहरुले लकरमा आफ्नो सर–सामानहरु सुरक्षित रुपमा राख्न सक्नेछन ।
Categorized in बैंक