२२ बैशाख २०८१, शनिबार
Header

माछापुच्छ्रे बैंकद्वारा पशुपति क्षेत्र विकास कोषलाई जुत्ता–चप्पल कक्ष हस्तान्तरण 


प्रकाशित: आईतबार, १९ फागुन २०७५, ११ः३० बजे
- महानगरखबर

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले पशुपतिनाथको दर्शनार्थ आउने दर्शनार्थीहरुको सुविधाको लागि जुत्ता–चप्पल कक्ष एवं सर्वसाधारणको प्रयोगमा आउने धारा निर्माण गरी पशुपति विकास कोषलाई हस्तान्तरण गरेको छ ।


शुक्रवार एक कार्यक्रम गरी बैंकका प्रमुख कार्यकारी अधिकृत श्री सुमन शर्माले उक्त कक्षको साँचो कोषका सदस्य सचिव डा। प्रदीप ढकाललाई हस्तान्तरण गरे । 


कक्ष सञ्चालनमा आए पश्चात तिर्थालुजनहरुले आफ्नो जुत्ता–चप्पल लकर कक्षमा सुरक्षित रुपमा राख्न सक्नेछन । साथै, सोही परिसरमा दर्शनार्थीहरुको बस्न मिल्ने व्यवस्था लागि बेन्चहरु समेत राखिएको छ । 


यसका साथै, बैंकले पशुपति परिसरमा २४औं घण्टा प्रयोग गर्न मिल्ने गरि ए.टि.एम. समेत जडान गरि सञ्चालनमा ल्याईसकेको छ । 


यस अघि बैंकले सोही परिसरमै मन्दिर दर्शन गर्न आउने दर्शनार्थी तथा पर्यटकहरुले ल्याउने सर–समानको सुरक्षाका निम्ति लकर कक्ष निर्माण गरी सञ्चालनमा ल्याएको बैंकले जनाएको छ ।
 

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD