११ आषाढ २०८३, बिहिबार
Nepal Bank AD 2082 mansir

माछापुच्छ्रे बैंकद्धारा न्याय हेल्थ नेपाललाई ११ लाख सहयोग प्रदान


प्रकाशित: बुधवार, ९ माघ २०७५, १८ः३० बजे
- महानगरखबर

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले न्याय हेल्थ नेपाललाई ११ लाख आर्थिक सहयोग प्रदान गरेको छ । 


बैंकले संस्थागत सामाजिक उत्तरदायित्व निर्वाह आन्गर्त सो रकम सहयोग गरेको जनाएको छ ।  


बैंकका निमित्त प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइराला न्याय हेल्थ नेपालका कार्यकारी निर्देशक एसपी कलौनीलाई सो रकम चेक मार्फत हस्तान्तरण गरेका थिए । 


हेल्थ नेपालले अछाम र दोलखा जिल्लामा मातृशिशुको स्वास्थ्यमा सुधार ल्याई संस्थागत जन्मदर ९५५ पु¥याई, स्वास्थ्य संस्थामा हुने प्रसुति सेवाको दर बढाउन, घरमै बसेर बिरामीले स्वास्थ्यको बारेमा जानकारी गराई दिर्घरोगीहरुको निरन्तर अनुगमन गरी उनीहरुको स्वास्थ्यमा सुधार ल्याउने काममा अग्रणी भूमिका खेलेकोले सो सहयोग प्रदान गरेको बैंकले जनाएको छ ।


सन २००८ बाट अछामको साँफेबगरमा मेडिकल क्लिनिकबाट नै निः शुल्क प्राथमिक स्वास्थ्य सेवा सुचारु गरेको न्याय हेल्थ नेपालले सन २००९ बाट बयालपाटा अस्पताल मार्फत आधारभुत सेवाहरु निः शुल्क प्रदान गर्दै आएको छ ।
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex