१६ चैत्र २०८०, शुक्रबार
Header

माछापुच्छ्रे बैंकद्धारा‘रेमिट्याप’ मोबाइल वालेट सेवा सञ्चालन सुरु


प्रकाशित: सोमबार, २५ चैत्र २०७५, १९ः२० बजे
- महानगरखवर

काठमाडौं । माछापुच्छ्रे बैंकले ‘रेमिट्याप’ मोबाइल वालेट सेवा सञ्चालन सुरु गरेको छ । 


बैंकले विदेशबाट रेमिट्यान्स पठाउने नेपालीहरुका अतिरिक्त बैंकका ग्राहकहरु लगायत सम्पूर्ण सर्वसाधरणको सुविधाको लागि ‘रेमिट्याप’ मोबाइल वालेट सेवा सुरु गरेको हो । 


माछापुच्छ्रे बैंक, टाइम्स रेमीट र ए।एम।भी टेल कम्पनी बीच त्रि–पक्षीय सम्झौता भए अनुरुप सेवाको सुभारम्भ गरिएको बैंकले जनाएको छ ।


यो नेपालमा सुरु गरिएको पहिलो ३६० डिग्री ई–रेमिट्यान्स, ई–पेमेन्ट माध्यम हो जसको प्रयोग गरी छिटो, सस्तो र सहज तरिकाले रेमिट्यान्स पठाउन सकिने छ ।


बैंकका प्रमुख कार्यकारी अधिकृत सुमन शर्माले ‘रेमिट्याप’ वालेटबाट विशेष गरी विदेशमा रहेका भएका नेपालीहरु लाभान्वित हुनका साथै वालेटमा विविध सुविधाहरु रहेको र अनलाईन, मर्चेन्ट भुक्तानी, आदि जस्ता सेवाहरु ‘रेमिकार्ड’ (इन्किृप्टेड भर्चुअल मनी कार्ड) मार्फत गर्न सकिने प्रविधि बारे जानकरी दिए । 


ए.एम.भी टेल कम्पनीका प्रबन्ध निर्देशक अनिल शर्माले हाल प्रयोगमा आउने रेमिट्यान्स पठाउने माध्यमहरुमा बढी समय र खर्च लाग्ने भएकाले विदेशमा रहेका  नेपालीहरुले सहज र सस्तो मूल्यमै तुरन्त नेपालका आफ्ना परिवारजनहरुको बैंककै खाता र वालेटमा आउने गरी पैसा पठाउन मिल्ने सुविधा रहेको बताए । 


यो सेवाबाट नेपालको १०,००० ठाउँबाट रकम झिक्न सक्ने छ । 


ग्राहकले डोमेस्टिक रेमिट्यान्स र बिल भुक्तानीको सुविधा पनि उपभोग गर्न पाउनेछन । बिल भुक्तानीका अलावा ग्राहकहरुले आफ्नो बैंक खाताबाट वालेटमा तथा वालेटबाट बैंक खातामा आफुले चाहेको रकम समेत स्थानान्तरण गर्न सक्नेछन ।


यस ‘रेमिट्याप’, आईओएस तथा एन्ड्रोएड दवै अपरेटीङ सिस्टम प्रयोगकर्ताको लागी उपलब्ध छ ।
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD