३ चैत्र २०८१, आइतबार
Nepal Bank AD

माछापुच्छ्रे बैंकको म्युचुअल फण्डमा आवेदन खुला 


प्रकाशित: विहिवार, २२ फागुन २०८१, १०ः३० बजे
- महानगरखवर

काठमाडौं । माछापुच्छ्रे बैंकको कोष प्रवद्र्धनमा सञ्चालन हुने एमबीएल इक्वीटी फन्डमा आवेदन खुलेको छ ।


कुल १२ करोड इकाइ फन्ड निष्कासन हुन लागेको बैंकले जनाएको छ । जसमा कोष प्रवद्र्धक बैंक, योजना व्यवस्थापक माछापुच्छ्रे क्यापिटललाई छुट्याएपछि बाँकी १० करोड २० लाख इकाइ सार्वजनिक रुपमा निष्कासन गरिएको छ ।


अंकित मूल्य १० रुपैयाँ रहने म्युचुअल फन्डमा न्यूनतम १ सय इकाइका लागि आवेदन दिन सकिनेछ । बन्दमुखी यस योजना बजारमा सूचीकृत भइ कारोबार समेत हुनेछ ।


अनलाइन प्रणाली मेरोसेयरमार्फत आवेदन दिन सकिनेछ । फागुन २६ गते र सो अवधिसम्म सबै इकाइ बिक्री नभएमा चैत ७ गतेसम्म आवेदन दिन सकिनेछ ।

 

6 March 2025, Wednesday

asteriskhubs
Home Page Bottom Second


Nepal Bank AD
maharjan complex