५ जेठ २०८१, शनिबार
Header

माछापुच्छ्रे बैंकको दार्चुलामा २ शाखाको सुभारम्भ


प्रकाशित: आईतबार, २९ पुष २०७५, २०ः५४ बजे
- महानगरखबर

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले दार्चुलास्थित दुई स्थानिय निकाय अपि हिमाल गाँउपालिका र ब्याँस गाँउपालिकामा आईतबारबाट २ शाखाको सुभारम्भ गरेको छ ।


बैंकले दार्चुलाको अपिहिमाल गाँउपालिका स्थित अपि हिमाल शाखा कार्यालय र ब्याँस गाँउपालिका स्थित ब्याँस शाखा कार्यालय संचालनमा ल्याएको जनाएको छ । 


यस अघि यी स्थानीय निकायहरुमा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरु सञ्चालनमा थिएन । 


अपि हिमाल शाखा कार्यालय र ब्याँस शाखा कार्यालयको औपचारिक सुरुवातपछि अपिहिमाल गाँउपालिका र ब्याँस गाँउपालिकामा उपस्थिति जनाउने पहिलो बैंक बन्न सफल भएको छ । 


नयाँ शाखाहरु मार्फत बैंकले आफ्ना ग्राहकहरुलाई कर्जा, निक्षेप लगायतका सम्पुर्ण बैकिङ्ग सुबिधा उपलब्ध गराउने बैंकले जनाएको छ । 
 

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD