५ जेठ २०८१, शनिबार
Header

माछापुच्छ्रे बैंकको थप ५ शाखा रहित बैंकिङ्ग सेवा


प्रकाशित: मंगलवार, ७ फागुन २०७५, २०ः४० बजे
- महानगरखबर

काठमाडौं । माछापुच्छ्रे बैंकले थप ५ शाखा रहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ । 


बैंकले चितवन, तनहुँ, लमजुङ, बागलुङ र काठमाडौंमा ५ शाखा रहित बैंकिङ्ग सेवा एकैपटक संचालनमा ल्याएको हो । 


बैंकले चितवनको इच्छाकामना गाउँपालिका (मुग्लिङ्ग) स्थित फिस्लिङमा, तनहुँको म्याग्दी गाउँपालिका स्थित तार्पुमा, लमजुङको मध्यनेपाल नगरपालिका स्थित दुइपिप्लेमा, बागलुङको काठेखोला गाउँपालिका स्थित रेशामा र काठमाडौंको कीर्तिपुर नगरपालिका स्थित भत्केपाटी पिपलबोटमा शाखा रहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ । 


बैंकिङ्ग पहुँचदेखि टाढा रहेका ग्रामीण भेगमा बैंकले आफ्ना ग्राहक सेवा केन्द्रहरु मार्फत अत्याधुनिक बैकिङ्ग सेवा पु¥इरहेको छ ।


यो सहित बैंकको हालसम्म ६१ शाखा रहित बैंकिङ्ग सेवा सुचारु भईसकेको छ । ग्राहक सेवा केन्द्रको रुपमा संचालित उक्त शाखा रहित सेवा केन्द्रहरुबाट खाता खोल्ने, रकम जम्मा गर्ने र झिक्ने, रेमिटेन्स भुक्तानी, साथै कर्जा आवेदन गर्ने समेत व्यवस्था गरेको छ ।


बैंकले नेपालमै पहिलो पटक तुरुन्त (रियल टाइममा) खाता खोल्ने व्यवस्था गरेको छ भने चिपमा आधारित डेबिट कार्ड पनि तुरुन्त उपलब्ध गराएको छ ।


 

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD