४ बैशाख २०८१, मंगलबार
Header

माछापुच्छ्रे बैंकको टंकिसिनवार, त्रिशुली र टिमुरेमा नयाँ शाखा 


प्रकाशित: बुधवार, २७ चैत्र २०७५, ०८ः२० बजे
- महानगरखवर

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले देशको ३ ठाउँमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । 


बैंकले चैत्र २१ गते मोरङको बुढीगंगा गाउँपालिका स्थित टंकिसिनवारी, चैत्र २४ मा नुवाकोटको विदुर नगरपालिका स्थित त्रिशुली शाखा र  चैत्र २५ मा रसुवाको गोसाँईकुन्ड गाउँपालिका स्थित टिमुरे शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । 


टंकिसिनवारी शाखाको विराट मेडिकल कलेजका अध्यक्ष डा. ज्ञानेन्द्र मान सिंह कार्कीले उद्वघाटन गरेका छन भने त्रिशुली शाखाको उद्घाटन विदुर नगरपालिकाका मेयर सञ्जु पण्डितले गरे । 


त्यसैगरी टिमुरे शाखाको उद्घाटन रसुवाका प्रमुख भन्सार अधिकृत पुण्यविक्रम खड्काले गरे । 


नयाँ शाखा मार्फत बैंकले आफ्ना ग्राहकहरुलाई कर्जा, निक्षेप लगायतका सम्पूर्ण बैकिङ्ग सुबिधा उपलब्ध गराएको छ । उक्त शाखाहरुमा २४ सै घण्टा चल्ने एटीएमको पनि व्यवस्था रहेको छ ।
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD