५ जेठ २०८१, शनिबार
Header

माछापुच्छ्रे बैंकको कुलेश्वरमा नयाँ शाखा सुभारम्भ, तनहुँ र कन्चरपुरमा पनि


प्रकाशित: शुक्रवार, ४ माघ २०७५, १८ः०० बजे
- महानगरखबर

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले काठमाडौँको कुलेश्वरमा नयाँ शाखाको शुक्रवारबाट शुभारम्भ गरेको छ । 


बैंकका अध्यक्ष तथा पूर्व सभासद डा. बिरेन्द्र प्रसाद महतोले एक कार्यक्रमविच कुलेश्वर शाखाको औपचारिक उद्घाटन गरी बैंकिक सेवाको शुभाराम्भ गरेको बैंकले जानकारी दिएको छ । 


कुलेश्वर शाखामा २४ सै घण्टा चल्ने एटीएमको पनि व्यवस्था गरिएको छ ।  यो सँगै अब काठमाडौं उपत्यकाभित्र बैंकको शाखा सङ्ख्या १९ पुगेको छ ।


त्यसैगरी तनहुँस्थित भिमाद र कन्चनपुरस्थित आईबिआरडी एक्सटेन्सन काउण्टरलाई शाखामा स्त्तरोन्नती गरी सञ्चालनमा ल्याएको बैंकले जानकारी दिएको हो । 


नयाँ शाखाहरु मार्फत बैंकले आफ्ना ग्राहकहरुलाई कर्जा, निक्षेप लगायतका सम्पुर्ण बैकिङ्ग सुबिधा उपलब्ध गराएको छ । 

 

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD