८ बैशाख २०८१, शनिबार
Header

माछापुच्छ्रे बैंकको कास्कीमा ८ शाखा रहित बैंकिङ्ग सेवा सुरु


प्रकाशित: सोमबार, १८ चैत्र २०७५, ०९ः३० बजे
- महानगरखवर

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले कास्कीमा ८ शाखा रहित बैंकिङ्ग सेवा एकैपटक संचालनमा ल्याएको छ । 


बैंकले कास्की स्थित मादी गाउँपालिकाको टाङटिङ, थक, तापराङ, चितेपानी, तारकाङ, मिजुरेडाँडा, थुम्सिकोट, र सैमराङ मा ८ शाखा रहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको हो । 


बैकिङ्ग पहुँचदेखि टाढा रहेका ग्रामीण भेगमा बैंकले आफ्ना ग्राहक सेवा केन्द्रहरु मार्फत अत्याधुनिक बैकिङ्ग सेवा पुर्याइरहेको बैंकले जनाएको छ । 


माछापुच्छ्रे बैंक लिमिटेडको हालसम्म ७३ शाखा रहित बैंकिङ्ग सेवा सुचारु भएको बैंकले जनाएको छ । 


ग्राहक सेवा केन्द्रको रुपमा संचालित उक्त शाखा रहित सेवा केन्द्रहरुबाट खाता खोल्ने, रकम जम्मा गर्ने र झिक्ने, रेमिटेन्स भूक्तनी, साथै कर्जा आवेदन गर्न सकिने सुविधाको समेत व्यवस्था गरेको छ । 


बैंकले नेपालमै पहिलो पटक तुरुन्त (रियल टाइममा) खाता खोल्ने व्यवस्था गरेको छ भने चिपमा आधारित डेबिट कार्ड पनि तुरुन्त उपलब्ध गराएको छ । 
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD