५ जेठ २०८१, शनिबार
Header

माछापुच्छ्रे बैंकका नव निर्वाचित अध्यक्ष डा. महतोद्वारा सपथ ग्रहण


प्रकाशित: बुधवार, २५ पुष २०७५, ०८ः०० बजे
- महानगरखबर

काठमाडौं । माछापुच्छ्रे बैंकका नव निर्वाचित अध्यक्ष डा. बिरेन्द्र प्रसाद महतोले नेपाल राष्ट्र बैंकका गभर्नर चिरंजीवि नेपाल समक्ष पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन् । 


पौष २० गते शुक्रवार बसेको बैंकको २० औं साधारण सभाबाट अध्यक्ष पदमा निर्विरोध निर्वाचित हुनुभएका डा. महतोसँगै सभाबाट सञ्चालक  रोशन के. सी. र गोपीकृष्ण न्यौपाने पनि निर्वाचित भएको बैंकले जनाएको छ । 


बैंकले आ.व. २०७५÷७६ को पहिलो त्रैमास सम्ममा रु.३७ करोड १६ लाख खुद मुनाफा आर्जन गरेको जनाएको छ । त्यसैगरी बैंकले कर्जामा ७१ अर्व ८१ करोड लगानी गरेको छ । 


बैंकले देशभरका १४४ स्थानबाट आफ्ना ग्राहकलाई बैकिङ्ग सुबिधा प्रदान गरिरहेको छट । अहिले ८८ वटा शाखा रहेका छन भने २ वटा एक्सटेन्सन काउन्टर र ५२ वटा शाखा बैंकिस सेवा पनि उपलव्ध गराएको छ ।

 
त्यसैगरी बैंकको देशभर १०८ वटा एटीएमहरु संचालनमा रहेको छ । 


साधारण सभाले बैंकको आर्थिक वर्ष २०७४÷७५ को वार्षिक प्रतिबेदन पारित गरेको छ । बैंकको सञ्चालक समितिले प्रस्ताव गरे अनुसार शेयरधनीहरुलाई हालको चुक्ता पूँजीको १० प्रतिशत नगद लाभांश प्रदान गर्ने प्रस्ताव पारित गरेको छ ।


साथै, उक्त साधारण सभाले आर्थिक वर्ष २०७५÷७६ को लागि जी.पी. राजवाहक एन्ड कम्पनीलाई लेखापरीक्षक नियुक्ती गर्ने निर्णय पनि गरेको छ ।


बैंकले गत आर्थिक वर्षमा १ अर्ब २४ करोड ९६ लाख रुपैंया खुद नाफा गरेर प्रतिशेयर आम्दानी १५ रुपैंया ८१ पैसा कायम गरेको थियो । बैंकको चुक्ता पूँजी ८ अर्ब ५ करोड रुपैयाँ तथा साधारण जगेडा कोषमा १ अर्ब ११ करोड रुपैयाँ संचित छ ।

 

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD