११ आषाढ २०८३, बिहिबार
Nepal Bank AD 2082 mansir

माछापुच्छ्रे बैंकका कर्मचारीको कर्यक्षमता अभिबृद्धि गरिने


प्रकाशित: मंगलबार, १६ असोज २०७५, २०ः०० बजे
- महानगरखबर

काठमाडौं ।माछापुच्छ्रे बैंकका कर्मचारीको कार्यक्षमता अभिबृद्धि गरिने भएको छ । 


माछापुच्छ्रे बैंकका कर्मचारीको कार्यदक्षता विकास गर्न नेपाल बैंकिङ इन्स्टिच्युट (एनविआई) ले विभिन्न किसिमका तालिमहरु उपलब्ध गराउने भएको छ । 


एनविआई र बैंकबिच आगामी एक वर्षको लागि विस्तृत तालिम कार्यक्रम सञ्चालन गर्ने सम्बन्धि सम्झौता भएको छ । सो सम्झौता अनुसार (एन.बि.आई) ले माछापुच्छ्रे बैंकका कर्मचारीहरुको कार्यक्षमता तथा दक्षता विकासका लागि विभिन्न तालिमहरु उपलब्ध गराउने छ ।


सम्झौता पत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्री सुमन शर्मा र एन.बि.आईका तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्री सञ्जिब सुब्बाले हस्ताक्षर गरे । 


बैंकमा हाल करिब ९९५ कर्मचारी रहेका छन ।
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex