१२ भाद्र २०८३, शुक्रबार
Header

माघ ९ गते राष्ट्रियसभा निर्वाचन घोषणा


प्रकाशित: विहिवार, २६ मंसिर २०७६, १८ः३० बजे
- महानगरखवर

काठमाडौं । सरकारले माघ ९ गतेको लागि राष्ट्रियसभा निर्वाचनको घोषणा गरेको छ । 


सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कुटाले विहिवार पत्रकार सम्मेलनमा माघ ९ गते निर्वाचनको लागि मिति तय गरेको जानकारी दिए । 


आगामी फागुन २१ गते राष्ट्रियसभाका नेकपाका ८, कांग्रेसका ७ र राजपाका २, समाजवादीका एकजना र सरकारबाट मनोनित एकजना गरी १९ सांसदको दुईवर्षे कार्यकाल सकिनेछ । 


राष्ट्रियसभा सदस्यहरु कांग्रेसका संसदीय दलका नेता सुरेन्द्रराज पाण्डे, सचेतक सरिता प्रसाईंसहित विन्दादेवी आले, बद्री पाण्डे, मुक्ताकुमारी यादव, दुर्गाप्रपसाद उपाध्याय र धनकुमारी खतिवडाको कार्यकाल सकिँदैछ ।


त्यस्तै नेकपाबाट हरिचरण शिवाकोटी, बलराम बास्कोटा, मीना बुढा, युटोल तामाङ, राजकुमार कुँवर, कमलाकुमारी ओली, कालिबहादुर मल्ल र खेमराज नेपालीको कार्यकाल सकिने भएको छ । 


राजपाका वृशेषचन्द्र लाल र रमेशप्रसाद यादव तथा समाजवादीका रामप्रित पासवानको पनि कार्यकाल सकिँदै छ ।

 
अर्थमन्त्री युवराज खतिवडाको कार्यकाल पूरा पनि हुने भएको आज अनलाईनखवर डटकममा प्रकाशित समाचारमा उल्लेख छ । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex