८ बैशाख २०८१, शनिबार
Header

माघ ९ गते राष्ट्रियसभा निर्वाचन, आज उम्मेदवारी दर्ता


प्रकाशित: आईतबार, २० पुष २०७६, ०९ः०० बजे
- महानगरखवर

काठमाडौं । माघ ९ गते हुने राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि आइतबार उम्मेदवारको मनोनयनपत्र दर्ता गर्ने कार्यक्रम रहेको छ ।

 
निर्वाचन आयोगका अनुसार विहान १० देखि अपराहृन ३ बजेसम्म उम्मेदवारको मनोनयनपत्र दर्ता गर्नुपर्ने छ । 


उम्मेदवारले मनोनयनपत्र दर्ताका लागि नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, मतदाता नामावलीको उतार, धरौटी जम्मा गरेको नगदी रसिद वा बैंक भौचर पेश गर्नुपर्ने आयोगले जनाएको छ ।


साथै प्रस्तावक र समर्थकको मतदाता भएको खुलेको प्रमाण समेत पेश गर्नुपर्ने हुन्छ । 


महिला, दलित वा अल्पसंख्यक समुदाय वा आर्थिकरुपले विपन्न उम्मेदवारको हकमा सो धरौटी रकममा ५० प्रतिशत छुट दिने आयोगले जनाएको छ । 


राष्ट्रियसभामा नेकपाका ८, कांग्रेसका ७ र राजपाका २, समाजवादीका १ र सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनित १ गरी कूल १९ सांसदको दुईवर्षे कार्यकाल फागुन २१ सकिने भएकाले निर्वाचन गर्न लागिएको हो । १८ जना निर्वाचनका माध्यमबाट चयन हुने छन् । एक जनाको भने सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनयन हुने छ ।


राष्ट्रियसभा सदस्य पद रिक्त हुनुभन्दा ३५ दिनअघि नै निर्वाचन भइसक्नुपर्ने संवैधानिक व्यवस्था छ ।
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD