१९ आषाढ २०८३, शुक्रबार
Nepal Bank AD 2082 mansir

माघ १ गते मेलम्चीको पानी काठमाडौंको धारामा आउने


प्रकाशित: शुक्रवार, २७ पुस २०८०, १७ः३० बजे
- महानगरखबर

काठमाडौं । मेलम्चीको पानी काठमाडौंको लागि पथान्तरण गरिएकोले माघ १ गतेभित्र पाउने आउने भएको छ ।


बुधबार साँझदेखि पानी पुनः काठमाडौंमा पथान्तरण गरिएकोल अबको चार दिनभित्र पानी काठमाडौंको धारामा आउने भएको हो । 


पुस ३ गते मेलम्ची खानेपानी विकास समिति र निर्माण व्यवसायी सिनो हाइड्रोबीच २८ दिनमा मेलम्चीको पानी काठमाडौं ल्याउने सहमति भए काठमाडौंका लागि पानी पथान्तरण गरिएको छ ।

 
मेलम्ची खानेपानी विकास समितिका सिनियर डिभिजनल इञ्जिनियर पदमबहादुर कुँवरका अनुसार निर्माण व्यवसायीको माग सम्बोधन गरेर मेलम्चीको पानी काठमाडौं पथान्तरण गरिएकोले अबको चार दिनमा मेलम्ची खोलाको पानी काठमाडौंको सुन्दरीजलस्थित पानी प्रशोधन केन्द्रमा पुग्नेछ । 


काठमाडौं उपत्यका खानेपानी लिमिटेडले आगामी माघ १ गतेदेखि काठमाडौं उपत्यकावासीका लागि मेलम्चीको पानी वितरण गर्ने तयारी गरेको जनाइएको छ ।


मेलम्चीबाट दैनिक १७ करोड लिटर पानी काठमाडौं आउने मेलम्ची खानेपानी विकास समितिका आयोजना निर्देशक जक्की अहमद अन्सारीले बताए । 


खानेपानीमन्त्री महिन्द्रराय यादवले पुस अन्तिमसम्म मेलम्चीको पानी काठमाडौं ल्याउने घोषणासमेत गरेका थिए । मन्त्री यादवले ३ पटक स्थलगतरुपमा अनुगमनसमेत गरेका थिए।


मेलम्चीको पानि काठमाडौं ल्याउन सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका वडा नम्बर १ अम्बाथानदेखि काठमाडौंको सुन्दरीजलसम्म २६.९ किलोमिटर लामो सुरूङ निर्माण गरिएको छ । 


सो कार्यको लागि झन्डै ३२ अर्ब रूपैयाँ खर्च भएको छ । त्यसमा एसियाली विकास बैंकको २० अर्बभन्दा बढी लागत रहेको छ भने नेपाल सरकारको १२ अर्ब रूपैयाँ खर्च भएको छ ।


काठमाडौं उपत्यकामा पानी वितरणका लागि पाइप सञ्जाल विस्तार गर्नका लागि ३२ अर्ब बढी नै रूपैयाँ खर्च भइसकेको छ । 

asteriskhubs
Home Page Bottom Second


maharjan complex