काठमाडौं । सरकारको मन्त्रिपरिषदको बैठकले माघ १८ गते संसद्को हिउँदे अधिवेशन बोलाउने निर्णय गरेको छ ।
सोमबार बसेको मन्त्रिपरिषदको बैठकले अधिवेशन आह्वानसम्बन्धी सिफारिस अनुमोदनका लागि राष्ट्रपतिसमक्ष पठाउने निर्णय गरेको हो ।
यस अघि वर्षे अधिवेशन गत भदौ ३१ गते अन्त्य भएको थियो । हिउँदे अधिवेशनलाई विधयेक अधिवेशनको रुपमा लिने गरिएको छ ।
संसद् अधिवेशन अन्त्य र आह्वान सरकारको सिफारिसमा राष्ट्रपतिले गर्ने संवैधानिक व्यवस्था छ ।
20 January 2025, Monday
Categorized in राष्ट्रिय