काठमाडौं । माघको पहिलो दिन आज माघे संक्रान्ति नेवार समुदायले विशेष रुपमा घ्यू, चाकु र तीलको लड्डु खाएर मनाईने यो चाड अब सबै नेपालीको साझा बन्न थालेको छ ।
टोखाको प्रसिद्ध चाकु माघे संक्रान्तिको दिन विशेष महत्व राख्ने गरेको छ । चाकुसँग घ्यू, तीलको लड्डुसँगै अनेक परिकारहरु बनाएर खाने प्रचलन रहेको छ ।
माघे संक्रान्ति मानउनको कारण बैज्ञानिका कारण रहेको संस्कृतिविद्को भनाई छ । संस्कृतिविद्का अनुसार माघ महिनाको चाकु खाँदा शरिरमा रोगसँग लड्ने क्षमताको बृद्धि हुन्छ ।
माघे संक्रान्तिमा काँचो घ्यू र चाकु खाँदा शरिरलाई तापसँगै शारिरमा शक्ति पनि प्राप्त हुने गर्दछ ।
अहिले जस्तो लुगाको सहज अवस्था पुरानो समयमा थिएन त्यतिखेर मानिसहरुले जाडोको मौसममा चाकुको प्रयोग गरेको पुराना बुढापाखाहरुको भनाई छ ।
नेवार समुदायमा विशेष माघे संक्रान्तिका दिन नेवार समुदायमा बिहे गरेर गएकी छोरीलाई घर बोलाएर घरपरिवारसँग यो पर्व मनाईने गरिन्छ तर त्यसदिन भने ज्वाईलाई नबोलाईने परम्परा रहेको छ ।
अन्य समुदायमा पनि माघे संक्रान्ति आ–आफ्नै ढंगले मनाइन्छ । भक्तपुरका बौद्ध धर्मावलम्बीहरूले यस दिन पञ्चबुद्ध जात्रा निकालेर चाकु दान गर्ने चलन छ ।
त्यसैगरी तराईमा पनि थारू समुदायले आजको दिनलाई माघी पर्वको रुपमा धुमधाम मनाईने गर्दछ ।
त्यसैगरी बाहुन–क्षत्रीले तीलको लड्डुका साथै विभिन्न खाले तरूल पनि खाएर मनाउने यो माघे संक्रान्ति मनाउँछ ।
Categorized in सम्पदा/संस्कृति