१४ बैशाख २०८१, शुक्रबार
Header

माघे (मकर) संक्रान्तिको धार्मिक र सांस्कृतिक महत्व 


प्रकाशित: आईतवार, १ माघ २०७९, ०९ः०० बजे
- महानगरखबर

काठमाडौं । आज माघे (मकर) संक्रान्ति विभिन्न धार्मिक विश्वास र संस्कृति अनुसार देशभरी मनाईँदैछ । 


यस अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दकिशोर पुन, प्रधानमन्त्री पुुष्पकमल दाहाल (प्रचण्ड), पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, केपी शर्मा ओली लगायतले शुुभकामना सन्देश दिएका छन । 


यस दिन काठमाडौंमा घ्य चाकु सनु भनेर घ्य, चाकु, तरुल, तिलको लड्डुका परिकार खाएर मनाईन्छ । यस दिन आफुुभन्दा ठुलाबाट टाउँकोमा तेल लगाएर सुख, स्वास्थयको लागी आशिवार्द लिने प्रचलन छ । 


यसैगरी, तराईमा थारु समुदायले माघी पर्वको रुपमा मनाउने गर्दछ । यस दिन उनीहरुले स्नान गरेर आफ्नो परम्परा अनुसारका बनाएको परिकारहरु खाने, प्रदर्शन लगायत गर्ने गरेको पाईन्छ । 


माघे संक्रान्तिको धार्मिक र सांस्कृतिक महत्व पनि उत्तिकै रहेको छ । सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने सङ्क्रान्ति भएकाले माघ १ गतेलाई मकर (माघे) सङ्क्रान्ति भनिन्छ ।


माघ १ गतेदेखि उत्तरायण शुरु हुने भएकाले दिनभन्दा रात छोटा हुँदै जान्छन । उत्तरायण शुरु हुने दिनको स्नान, जप, तप, ध्यान साधना, दान आदिलाई पुण्यदायक मानिन्छ । 


यसैले आजको दिन देवघाट, त्रिशूली, कालीगण्डकी, वाग्मती, इन्द्रावती, त्रिवेणी, रिडीलगायतका स्थानमा माघ स्नान गर्ने भक्तजनको भीड लाग्छ । यी ठाउँमा आज विशेष मेलासमेत लाग्ने गर्छ ।


तराईवासीले माघ १ लाई नहान अर्थात् नुहाउने पर्वका रूपमा मनाउँछन् । वर्षभर नुहाउने वातावरण नमिल्ने तराईवासीले पनि आज भने अनिवार्य नुहाउनुपर्ने मान्यता राख्छन ।


बिहानै तीर्थस्थलमा गई स्नान गरेर तिल दान गर्नाले सुन दान गरेसरहको पुण्य प्राप्त हुने धार्मिक विश्वास छ । 


धर्मशास्त्रविद् प्रा डा देवमणि भट्टराईले राससलाई दिएको जानकारी अनुसार धर्म सिन्धुमा माघ १ मा घ्यू, चाकु, तिलका परिकार, खिचडी नखाने, दान नगर्ने, जलाशयमा गई स्नान नगर्ने, ध्यान नगर्ने व्यक्ति जीवनभर रोगी हुने उल्लेख गरिएको उत्तरायण भएपछि शुभ कर्म गर्न उत्तम मानिन्छ । 


आज स्नान, दान, व्रत, ध्यान गर्ने व्यक्तिले पुण्य प्राप्त गरी मनकामना पूर्ण हुने जनविश्वास छ । माघे सङ्क्रान्तिका दिन घ्यू, चाकु, तिलका परिकार, तरुल, पालुङ्गो, खिचडी आदि खाने चलन छ । 


यी परिकारले जाडोमा न्यानो प्रदान गर्ने भएकाले चिसो समयमा पर्ने पर्वमा ताता परिकार खाने गरिएको हो । यी खानाले त्रिदोष नाश हुने आयुर्वेदका चिकित्सकको भनाइ छ । 


तरुल पुसको अन्तिम दिनमा पकाएर राखी माघमा खाने प्रचलनसमेत विभिन्न ठाउँमा छ । यसलाई ‘पुसमा पाके, माघमा जाके’ भन्ने उखानका रूपमा समेत प्रयोग गरिन्छ ।


आजका दिन शरीरमा तिलको तेलले मालिस गर्दा दूषित पदार्थ बाहिर निस्कन्छ भन्ने विश्वास छ । शरीरका नाडी, स्नायु मण्डल र हड्डीलाई तिलको तेल मालिसबाट सुदृढ र स्वस्थ राख्न सकिने आयुर्वेद शास्त्रीय मान्यता छ ।


सूर्य उत्तरायण भएपछिको मृत्युलाई उत्तम मानिन्छ । महाभारत युद्धमा मृत्यु श्ययामा पुगेका भीष्मले इच्छा मृत्युको वरदान पाएअनुसार सूर्य उत्तरायणपछि नै शरीर त्यागेका थिए । 


आजका दिन भक्तपुरको तिल माधव नारायण स्थानमा पनि मेला लाग्ने गर्दछ ।


माघ महिनामा माघ माहात्म्यको पनि ठुलो महत्त्व छ । स्कन्द पुराणको माघ माहात्म्यअन्तर्गत केदार खण्डको कुमार र अगस्त्यबीच भएको संवाद अर्थात् स्वस्थानी सुन्ने सुनाउने क्रम पौष शुक्ल पूर्णिमादेखि शुरु हुन्छ । यो क्रम माघ शुक्ल पूर्णिमासम्म जारी रहन्छ ।


यस वर्ष पौष शुक्ल पूर्णिमा अर्थात् पुस २२ गतेदेखि श्री स्वस्थानी व्रत कथा शुरु भइसकेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । यो व्रत गर्नेले चान्द्रमासअनुसार माघ महिनाभर स्नान गरी नित्य मध्याह्नकालमा श्री महादेवको पूजा आराधना गर्छन । यसैले यसलाई माघ स्नान पनि भनिन्छ ।


माघे सङ्क्रान्तिका अवसरमा यस वर्षदेखि कृषि तथा पशु पक्षी विकास मन्त्रालयले राष्ट्रिय कृषि जैविक विविधता दिवस पनि मनाउने भएको छ । माघ १ गते तरुल, सखरखण्ड, पिँडालु, वनतरुलजस्ता कन्दमूलको सेवन गरिने भएकाले यो दिवस मनाउन लागिएको जनाइएको छ ।

 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD