४ जेठ २०८३, सोमबार
Nepal Bank AD 2082 mansir

माघी महोत्सवमा मुख्य मन्त्री राउतद्धारा थारु सङ्ग्रहालय बनाउने घोषणा


प्रकाशित: मंगलवार, १ माघ २०७५, २०ः३० बजे
- महानगरखबर

काठमाडौं । माघी महोत्सवका अवसरमा प्रदेश २ मुख्यमन्त्री लालबाबु राउतले थारु थारू सङ्ग्रहालय स्थापना गर्ने घोषणा गरेका छन । 


मुख्यमन्त्री लालबाबु राउतले माघी सङ्क्रान्तिको अवसरमा सप्तरीको सुरुङ्गा नगरपालिका–५ कुशाहामा आयोजित महोत्सवको उद्घाटन गर्दै संस्कृतिको सम्मान र पहिचानका लागि थारू सङ्ग्रहालय स्थापना गरिने बताए । 


थारू समुदायको कला, संस्कृति र पहिचान संरक्षणका लागि सङ्ग्रहालय स्थापना गर्न प्रदेश सरकार प्रतिवद्ध रहेको मुख्यमन्त्री राउतले बताए । 


सो अवसरमा नेपाली काङ्ग्रेसका सांसद तेजुलाल चौधरीले थारू समुदायको पहिचान र संस्कृतिको संरक्षणमा प्रदेश सरकारले उचित ध्यान दिनुपर्ने बताए । 


कार्यक्रममा थारू कल्याणकारी सभाका अध्यक्ष शिवनारायण चौधरीको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रदेशसभा सदस्य गोविन्दबहादुर न्यौपाने र रुवी कर्ण, सुरुङ्गा नगरपालिकाका प्रमुख मुक्तिनाथ चौधरी र थारू कल्याणकारी सभाका पूर्वकेन्द्रीय सदस्य रामवती चौधरीले मन्तव्य राख्नुभएको थियो । 


सो अवसरमा थारू कल्याणकारी सभाका तर्फबाट मुख्यमन्त्री राउतलाई विभिन्न मागसहितको ज्ञापनपत्रसमेत बुझाइएको छ । 


दुई दिनसम्म चल्ने महोत्सवमा थारूको पहिचान झल्किने कला संस्कृतिको प्रदर्शनीसँगै सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिने आयोजकले जनाएको छ । 

 


 

asteriskhubs
Home Page Bottom Second


maharjan complex