३ भाद्र २०८३, बुधबार
Header

माओवादी केन्द्रबाट कीर्तिपुरको मेयरमा प्रा.डा. शिवशरण महर्जनको उम्मेदवारी


प्रकाशित: मंगलवार, २० कात्तिक २०८१, ११ः५० बजे
- महानगरखवर

काठमाडौं । नेकपा (माओवादी केन्द्र) ले कीर्तिपुर नगरपालिकाको मेयर (प्रमुख) पदमा प्रा.डा. शिवशरण महर्जनको उम्मेदवारी घोषणा गरेको छ ।


कीर्तिपुर नगर समितिको सोमबारको बैठकले आगामी मंसिर १६ गते हुने उपनिर्वाचनका लागि महर्जनलाई मयेर पदको लागि उठाउने निर्णय गरेको हो । 


बैठकले बागमती प्रदेशका इन्जार्ज अग्निप्रसाद सापकोटाको उपस्थितिमा महर्जनलाई सर्वसम्मतले उम्मेदवार चयन गरेको थियो ।


यसअघि नेकपा (एमाले)ले एमालेले केन्द्रीय सदस्य रहेका सुरेन्द्र मानन्धरलाई मेयर पदको उम्मेदवार बनाएको छ । 


साथै राप्रपाले ध्रुव महर्जनलाई कीर्तिपुरको मेयर उम्मेदवार बनाउने घोषणा गरिसकेको छ ।


नेपाली कांग्रेसले भने उम्मेदवार घोषणा गरिसकेको छैन । कीर्तिपुरमा मेयर र दुई वडाध्यक्ष पदका लागि उपनिर्वाचन हुँदैछ । मंसिर २ गते मनोनयन दर्ताको कार्यक्रम छ ।
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex