१० भाद्र २०८३, बुधबार
Header

माओवादी केन्द्रको प्रतिवद्धता पत्र सार्वजनिक, स्थीर राजनीतिकाका लागि प्रत्यक्ष राष्ट्रपति (पूर्णपाठ)


प्रकाशित: सोमवार, १४ कातिक २०७९, १७ः५५ बजे
- महानगरखवर

काठमाडौं । नेकपा माओवादी केन्द्रले सोमवार चुनावी प्रतिवद्धता पत्र सार्वजनिक गरेको छ । 


आगामी मंसिर ४ गतेको निर्वाचनलाई केन्द्रित गरी सार्वजनिक गरिएको प्रतिवद्धता पत्र केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी मुख्यालय पेरिस डाँडामा सार्वजनिक गरेका हुन । 


माओवादी केन्द्रले स्थिर राजनीतिका लागि प्रत्यक्ष निर्वाचित राष्ट्रपति हुनु पर्ने विषयलाई आफ्नो प्रतिवद्धता पत्रमा अघि सारेको छ ।


पत्रमा संघमा ५१ प्रतिशत मतद्वारा प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति र राष्ट्रपतिद्वारा गठित मन्त्रीमण्डल रहने व्यवस्था गरिने उल्लेख गरेको छ ।


प्रदेशमा पनि संघमा जस्तै प्रत्यक्ष निर्वाचित प्रदेश प्रमुख र प्रदेश प्रमुखद्वारा गठित मन्त्रीमण्डल रहने र विधायन क्षेत्रमा मात्र केन्द्रित हुने प्रदेश सभाको गठन गरिने उल्लेख गरीएको  छ ।


पूर्णपाठ 

 


 

asteriskhubs
Home Page Bottom Second


maharjan complex