काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आज प्रतिनिधि सभा बैठकमा सम्बोधन गर्ने भएको छ ।
उनले संक्रमणकालीन न्याय र पछिल्लो राजनीतिक अवस्थाबारे पार्टीको धारणा राख्ने तयारी गरेका छन ।
आज दिउँसो एक बजे बस्ने प्रतिनिधि सभा बैठक बस्ने भएको छ । बैठकमा अध्यक्ष प्रचण्डले विशेष समयमा सम्बोधन गर्ने भएको छ ।
त्यसैगरी, बैठकमा आज सांसद– मन्त्रीबीच प्रश्नोत्तर कार्यक्रम रहेको संसद सचिवालयले जनाएको छ ।
स्वास्थ्य तथा जनसंख्या, वन तथा वातावरण र ऊर्जा तथा सिंचाइ मन्त्रालयसम्बन्धी प्रश्नको मन्त्रीले जवाफ दिनेछन ।
साथै आजको बैठकमा अर्थमन्त्री विष्णु पौडेलले धितोपत्र बोर्डसम्बन्धी पहिलो संशोधन विधेयक २०८१ माथि विचार गरियोस भन्ने प्रस्ताव पेस गर्ने कार्यसुचि समेत रहेको छ ।
यसपछि भने पूर्वराज्यमन्त्री रामचन्द्र रायको निधनमा शोक प्रस्ताव पारित गर्दै बैठक सकिनेछ ।
Categorized in राष्ट्रिय