२६ बैशाख २०८१, बुधबार
Header

माओवादीले गरे सातै प्रदेशका इन्जार्जको जिम्मेवारी हेरफेर


प्रकाशित: मंगलवार, १५ फागुन २०८०, १७ः२० बजे
- महानगरखवर

काठमाडौं । नेकपा माओवादी केन्द्रको मंगलवार बसेको स्थायी समितिको बैठकले प्रदेश इन्चार्जहरुको जिम्मेवारी हेरफेर गरेको छ ।


पार्टी सचिव गणेश साहका अनुसार कोशीमा हरिबोल गजुरेल, मधेशमा लीलामणि पोखरेल, बागमतीमा अग्नि सापकोटा, गण्डकीमा दीनानाथ शर्मा, लुम्बिनीमा चन्द्रप्रकाश खनाल, कर्णालीमा कालीबहादुर मल्ल र सुदूरपश्चिममा गिरिराजमणि पोखरेललाई जिम्मेवारी तोकिएको छ ।


यसैगरी, प्रवास अन्तर्गत मध्यपूर्व ब्यूरोको इन्चार्जमा पम्फा भुसाल, भारतमा मातृका यादव र युरोपमा राम कार्कीलाई जिम्मेवारी दिइएको छ । 


विशेष प्रदेशमा हितमान शाक्य र सम्पर्क समन्वय कमिटीमा देव गुरुङलाई जिम्मेवारी दिएको छ ।
 

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD