काठमाडौं । माउण्टेन टिभी काठमाडौँमा कार्यरत पत्रकार शालिकराम पुडासैनी मृत भेटिएका छन ।
चितवनको नारायणगढस्थित बसपार्कमा रहेको कङ्गारु होटलमा पत्रकार पुडासैनी झुण्डिएको अवस्थामा भेटिएको प्रहरीले बताएका छन ।
सोमबार दिउँसो ३ः३० बजेको समयमा सो होटलको २०२ नं कोठामा बास उनी खाना खान बाहिर नाएपछि प्रहरीलाई खवर गरिएको थियो ।
होटलका कर्मचारीले प्रहरीलाई राति १० बजे बालाउँदा उनी झुण्डिएको अवस्थामा फेला परेको चितवन प्रहरीले जनाएको छ ।
नुवाकोटको बेलकोटगढी नगरपालिका वडा नं २ घर भएका पत्रकार पुडासैनी हालै मात्र माउण्टेन टिभीमा प्रवेश गरेका थिए ।
टिभीमा मिसन न्यूज कार्यक्रम चलाउँदै आएका पुडासैनी यसअघि न्यूज–२४ को सिधा कुरा जनतासँग कार्यक्रममा समेत काम गरेका थिए । प्रहरीले घट्नाबारे थप अनसुन्धान अघि बढाएको जनाएको छ ।
Categorized in समाज