३ भाद्र २०८३, बुधबार
Header

माईती नेपालद्धारा एक बर्षमा २४ महिलाको उद्दार


प्रकाशित: बुधवार, १८ पुष २०७५, ०९ः२० बजे
- महानगरखबर

काठमाडौं । माईती नेपालले भारतको विभिन्न स्थानबाट एक बर्षमा २४ महिलाको उद्दार गरिएको छ ।


पूर्वी नेपालको काँकडभिट्टास्थित संस्थाले बेचबिखनमा संलग्न दलालको फन्दामा परी बेचिन लागेका महिलाको भारतका विभिन्न स्थानबाट उद्धार गरेको हो ।


माईती नेपालका पूर्वाञ्चल संयोजक गोबिन्द घिमिरेका अनुसार बेचबिखनको जोखिममा परेका २५९ जनालाई सीमानाका काँकडभिट्टाबाट रोकथाम गरेको छ । 


त्यस्तै संस्थाले सिमानाबाट ९१ जनालाई सोधपुछ गरी नेपाल फर्काएको थियो ।


एक बर्षभित्र संस्थाले बस, रिक्सा, टेम्पोलगायत सवारीसाधनका १६ हजार ११३ चालकलाई मानव बेचबिखनसम्बन्धी सचेतनासमेत प्रदान गरिएको घिमिरेले बताए । 


त्यसैगरी वैदेशिक रोजगार तथा अध्ययनका लागि भारत जान लागेका एक हजार ८६९ किशोरीलाई सुरक्षित बसाइँसराइबारे अवगत गराइएको तथा किशोरी तथा महिला हराएको १७९ निवेदन परेकामा ५८ जना फेला परेको संस्थाले जनाएको छ । 


प्रहरी प्रशासनसँगको समन्वयमा मानव बेचबिखनका तीन तथा जबर्जस्ती करणीका पाँच मुद्दा दर्ता गरिएको थियो । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex